घोषित मितिमै निर्वाचन गर्न आयोग सफल

घोषित मितिमै निर्वाचन गर्न आयोग सफल

काठमाडौँ– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले विभिन्न जटिलता र व्यवधान बेहोरेर पनि निर्वाचन आयोगले घोषित मितिमै प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको बताउनुभएको छ ।

आयोग परिसरमा आज आयोजित जलपान समारोहलाई सम्बोधन गर्दै उहाँले निर्वाचनको मिति घोषणादेखि निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई पेस गर्दासम्मको करिब छ महिनाका अवधिमा आयोगले जटिलता र व्यवधान बेहोरेरै भए पनि निर्वाचन सम्पन्न गराएको छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “आयोगमा कार्यरत कर्मचारीको पेसागत दक्षता, व्यावसायिकता र अटुट क्रियाशीलता एवम् विभिन्न निकाय, सङ्घसंस्था र सरोकारवालाको शुभेच्छा र सहकार्यबाट समस्याको तत्क्षण सम्बोधन गरी कार्यतालिकाबमोजिम नै मतदाता नामावली दर्ता, राजनीतिक दल दर्ता, अन्तिम मतदाता नामावली प्रकाशन, बन्दसूची पेस, मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको नियुक्ति, अभिमुखीकरण कार्यक्रम सञ्चालन, १६५ मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालय स्थापना, क्षमता विकास, मतदाता शिक्षा, स्वयंसेवक परिचालन, निर्वाचन सामग्री खरिद तथा ढुवानी व्यवस्थापन, आर्थिक व्यवस्थापन, निर्वाचन कार्यक्रम सञ्चालन, अनलाइन प्रणालीको अद्यावधिक सुसञ्चालन र समन्वय, आचारसंहिताको तर्जुमा एवं कार्यान्वयन, पर्यवेक्षण व्यवस्थापन, अनुगमन, मतदान र मतगणनालगायतका कार्य समयमै सम्पन्न गरियो । ”

निर्वाचन घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता नगरिने कानुनी व्यवस्था रहेकोमा ठूलो सङ्ख्यामा युवा मतदाता मतदाता नामावलीमा दर्ता हुन बाँकी रहेको थियो । तत्कालीन अवस्थामा आयोगले ऐन संशोधनको प्रक्रिया अगाडि बढाउँदै राष्ट्रपतिबाट अध्यादेश जारी भई मतदाता नामावली दर्ता प्रणाली र राष्ट्रिय परिचयपत्र प्रणालीका बीचमा अन्तःआबद्धता कायम गरी मतदाता नामावली दर्ता कार्य अनलाइन रुपमा समेत गरिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो ।

निर्वाचनको बारेमा अनेक कोणबाट अभिव्यक्त संशयबीच आयोगले राजनीतिक दलहरूसँग परामर्श बैठकको आयोजना गर्दै सरकार र सरोकारवालासँग समेत निरन्तर छलफल गरी निर्वाचनका लागि सहज र उपयुक्त वातावरण तयार गर्न अनवरत क्रियाशील भई काम गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

संविधान र कानुनले सुम्पिएको जिम्मेवारीअनुसार निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको अभ्यास सुनिश्चित गर्नु र लोकतन्त्रको थप सुदृढीकरणमा योगदान पु¥याउनु आयोगको प्रमुख दायित्वअनुसार गर्न सफल भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।

विषम अवस्था र चुनौतीपूर्ण परिस्थितिबीच प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२, घोषणा भएपश्चात् आयोगले आफ्नो आन्तरिक कार्यतालिका निर्माण गरी योजनाबद्ध रूपमा निर्वाचन सञ्चालन र व्यवस्थापनका कार्य सम्पादन गर्दै शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा निर्वाचन सम्पन्न भई निर्धारित समयमै राष्ट्रपतिसमक्ष परिणामसहितको प्रतिवेदन पेस गर्न सफल भएकोमा आयोग परिवार गौरवान्वित भएको उहाँले बताउनुभयोे ।

जलपान समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले गत भदौ २३ र २४ गतेको नयाँ पुस्ताका युवाको आन्दोलनपछि विघटन भएको प्रतिनिधिसभा निर्वाचनपछि नयाँ वातावरण बनेको बताउनुभयो । आयोगले तोकिएको समयमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन सफल भएको पनि उहाँले कार्यक्रममा जानकारी गराउनुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

समस्या जहाँको त्यहीँ, पूर्जा छ, श्रेस्ता छैन – सार्वजनिक सेवा प्रसारण संस्था

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था

मध्यबर्खामा पनि पर्यटकीय चहलपहल – सार्वजनिक सेवा प्रसारण संस्था