सुन तोलामा चौध हजार छ सयले बढ्यो

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन तोलामा रु १४ हजार ६०० ले बढेको छ भने चाँदी पनि तोलामा रु चार सय १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु  चार हजार ९२० कायम भएको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको थियो ।

गत सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो भने आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६०० र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्‍न अनुमति

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

एघार जिल्लाका ८२ स्थानमा बर्ड फ्लू

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

सभापतिमा रवि लामिछानेको उम्मेदवारीमा बालेन प्रस्तावक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना

संस्था बलियो भएन भने संस्थामा काम गर्नेको जागिर पनि सुरक्षित हुँदैन- मन्त्री तिमिल्सिना