नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने

नविनिर्वाचित प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भोलि शपथ लिने

काठमाडौँ- प्रतिनिधि सभाका सबैभन्दा ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले भोलि संसद पदको शपथ लिनु हुने भएको छ । केशीले नव निर्वाचित प्रतिनिधि सभामा सभै भन्दा ज्येष्ठ सदस्यको हैसियतमा भोलि बुधार विहान ११:१५ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका केसीले राष्ट्रपतिबाट सपथ लिएपछि उहाँले आगामी चैत १२ विहिबार दिउसो २ बजे नवनिर्मिति संसद भवन सिंहदरबार अन्य सांसदहरुलाई सपथ गराउनुहुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सांसदहरुको सपथ भने सिंहदरबारमा हुनेछ । त्यसको लागि संसद सचिवालयले निर्माणाधीन नयाँ संसद भवनको बहुउद्देश्यीय हलमा आवश्यक संंरचना तयार पारिरहेको छ ।

संसदको शपथको भोलि पल्ट प्रधानमन्त्रीको रुपमा बालेन्द्र शाहले शपथ लिने कार्यक्रम रहेको छ । विहिबार बस्ने रास्वपा बैठकले उहाँलाई संसदीय दलको नेता चयन गरेपछि शुक्रबार उहाँले राष्ट्रपतिसँग सपथ लिने र त्यसको तयरी  राष्ट्रपति कार्यालयले  गरेको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो ४५ लाख रुपैयाँ बजेट

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

अबदेखि प्रहरीको तलब पनि पाक्षिक

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने

पार्टी भित्र गुट–उपगुटको सङ्घर्ष चले परिणाम फरक आउँदैन – सभापति लामिछाने