सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

सभापति थापा – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा सुशासन कायम गर्न तथा शासकीय सुधारका सन्दर्भमा अब बन्ने सरकारसँग सहकार्य गर्न पार्टी तयार रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले २०४६ साल यता सार्वजनिक पदमा बसेका सबै व्यक्तिको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्नुपर्ने आफ्नो अडान दोहोर्‍याउनुभयो ।

गत फागुन २१ गतेको निर्वाचनपछि सभापति थापाले पहिलो पटक केन्द्रीय कार्य समितिको बैठकमा सम्बोधन गर्नुभएको हो ।

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि उच्चस्तरीय छानबिनको लागि अब गठन हुने रास्वपा सरकारसँग प्रस्ताव गर्ने पनि बताउनु भयो ।

उहाँले नयाँ सरकारसँग सुशासनका सन्दर्भमा ठूलो नागरिक अपेक्षा रहेको उल्लेख गर्दै भ्रष्टाचारका फाइलहरू खोल्ने काम राजनीतिक खपतका लागि मात्र हुन नहुने बताउनु भयो ।

विगत ३५ वर्षको अवधिमा शासकीय शक्तिको दुरुपयोग भएका घटनाहरू सार्वजनिक भइरहेको भन्दै उहाँले कुनै पनि काण्ड वा भ्रष्टाचारका विषयमा कानूनसम्मत ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो ।

सभापति थापाले  सत्तापक्ष बलियो भएर आएको बेलामा प्रमुख प्रतिपक्षीको भूमिका अझ महत्वपूर्ण हुने भन्दै अबको पाँच वर्ष प्रतिपक्षको तर्फबाट कांग्रेसले जिम्मेवार भुमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले आफूले कुनै आवेग वा हतासमा आएर राजनीनामा नदिएको प्रष्ट पार्नुभयो । सभापति थापाले निर्वाचनमा मत नमाग्नेहरुले निर्वाचनको परिणाममा बारेमा राखेको चासो अर्थहीन भएको उल्लेख गर्नुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

आहा, यस्तो पो झरना ! – सार्वजनिक सेवा प्रसारण संस्था

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति – सार्वजनिक सेवा प्रसारण संस्था

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

विज्ञापनको बजार स्वच्छ र पारदर्शी बनाउन सरकार प्रतिबद्धः सञ्चारमन्त्री

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

स्याङ्जाको गल्याङमा जीप दुर्घटना, दुई जनाको मृत्यु