ओडारमै जीवन बिताउँदै चेपाङ्ग परिवार, राज्यको सेवाबाट अझै वञ्चित

ओडारमै जीवन बिताउँदै चेपाङ्ग परिवार, राज्यको सेवाबाट अझै वञ्चित

धादिङ- अझै पनि मानिसहरू ओडारमै बसेर जीवन बिताइरहेका छन् भन्ने कुरा धेरैलाई अचम्म लाग्न सक्छ। तर धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ मैवाङ जंगल नजिकै एक चेपाङ्ग परिवार दशकौँदेखि ओडारमै बस्दै आएको छ।

यो परिवारलाई बिहान–बेलुकीको गर्जो टार्न मात्र होइन, वर्षातको समयमा रात बिताउनसमेत निकै समस्या हुने गरेको छ। जीविकोपार्जनका लागि उनीहरू जंगलमा पाइने कन्दमूल जस्तै गिठा, भ्याकुर, तरुल लगायतका खानेकुरा उपभोग गर्दै आएका छन्।

खोरिया खेती गरे पनि उत्पादन भएको अन्नले तीन महिना पनि नपुग्ने अवस्था छ। त्यसैले अधिकांश समय उनीहरू जंगली खाद्य सामग्रीमै निर्भर रहन बाध्य छन्।

ठूलो ढुङ्गा र खरले छाएको सानो पालीजस्तो देखिने ओडार बाहिरबाट हेर्दा सामान्य ढुङ्गा जस्तो देखिए पनि यही ओडारले दशकौँदेखि एक चेपाङ्ग परिवारलाई आश्रय दिँदै आएको छ। झण्डै ८५ वर्षका ईस्ताराम चेपाङ्ग आफ्नो श्रीमती, एक छोरा र बुहारीसहित चार जनाको परिवारसहित यही ओडारमा बस्दै आएका छन्।

आफ्नो नाममा जग्गा-जमिनसमेत नभएको उनीहरूले जीविकोपार्जनका लागि सोही क्षेत्रको जंगलमा खोरिया खेती गर्दै आएका छन्। तर उत्पादनले मुस्किलले तीन महिना मात्रै धान्ने गरेको उनीहरूको भनाइ छ।

अनिकालको समयमा खोलामा पाइने साग, सिस्नु र जंगली कन्दमूलले नै उनीहरूको गुजारा चल्ने गरेको छ। सम्पत्तिको नाममा उनीहरूसँग एउटा हल गोरु मात्रै रहेको छ।

ईस्तारामले अहिलेसम्म नागरिकता समेत पाएका छैनन्, जसका कारण उनी राज्यले दिने विभिन्न सेवा–सुविधाबाट वञ्चित छन्। नागरिकता किन बनाउने भन्नेबारे समेत आफूलाई जानकारी नभएको उनले बताए।

ओडारमा बस्दा निकै समस्या हुने गरेको बताउँदै बुहारी विष्णुमाया चेपाङ्गले बुढेसकालमा भए पनि जस्ताले छाएको घरमा बस्ने इच्छा व्यक्त गरिन्।

सरकारले अति सिमान्तकृत सूचिमा रहेको चेपाङ्ग समुदायको उत्थानका लागि धादिङमा ‘चेपाङ्ग आवास कार्यक्रम’ सञ्चालन गरेको भए पनि यो परिवार त्यसबाट लाभान्वित हुन सकेको छैन।

ईस्तारामको परिवार चेपाङ्ग समुदायका प्रतिनिधि पात्र मात्र हुन्। धादिङको बेनीघाट रोराङ गाउँपालिकामा यस्ता थुप्रै परिवार अझै पनि आधारभूत आवश्यकता बाट वञ्चित छन्।

जिल्लाभर करिब २२ हजारको संख्यामा रहेको चेपाङ्ग समुदायका लागि गास, बास र कपासको उचित व्यवस्था गर्नु राज्यको प्राथमिक जिम्मेवारी भएको सरोकारवालाहरू बताउँछन्।।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी