काँग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचनको पराजय र भावी रणनीतिका बारेमा छलफल

काँग्रेस केन्द्रीय समितिको बैठकमा निर्वाचनको पराजय र भावी रणनीतिका बारेमा छलफल

काठमाडौँ- नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक आज बसेको छ।

पार्टी कार्यालय सानेपामा बसेको बैठकमा  गत शुक्रवार पार्टीका उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएको विभिन्न प्रस्तावमाथि छलफल भइरहेको सो पार्टीले जनाएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा अनपेक्षित रुपमा हार व्यहोरेको काँग्रेसले निर्वाचन पछि राखेको यो पहिलो केन्द्रीय समितिको बैठक हो ।

नेपाली काँग्रेस भित्रको आन्तरिक विवाद नसुल्झेका कारण पार्टीले हार व्यहोरेको भन्न‍े चर्चा भइरहँदा उपसभापति शर्माले सो विषय पनि आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभएको छ ।

विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति बनाएर निर्वाचनमा होमिएको काँग्रेसले प्रत्यक्ष र समानुपातिक दुबैमा नराम्रो हार व्यहोरेको छ ।

स्वयं सभापति थाप सर्लाही-४ बाट निर्वाचन हारेका छन । निर्वाचनमा पार्टी र आफू दुबै पराजित भएपछि थापाले सभापति पदबाट राजीनामा दिएका छन ।

पार्टी उपसभापतिलाई बुझाएर थापा अहिले बैठकमा सहभागी छैनन । उनको राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने विषयमा विभिन्न सुझावहरु आइरहेपनि स्वयं उपसभापति भने राजीनामा स्वीकृत नगर्ने पक्षमा उभिएका छन।

थापा नेतृत्वको वर्तमान केन्द्रीय समितिका अधिकांश सदस्यहरु गगन थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा छन भने विशेष महाधिवेशनलाई अस्वीकार गर्ने पूर्व सभापति शेरवहादुर देउवा पक्षधर नेताहरुले विशेष महाधिवेशनको बैधता माथि नै प्रश्न उठाउन थालेका छन ।

त्यसो त कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बैधानिक नभएको भन्दै निर्वाचन आयोगको निर्णय विरुद्ध सर्बोच्चमा मुद्दा समेत दायर गरेका छन ।

सर्बोच्चको फैसला नआएसम्म कुनैपनि गतिविधि नगर्ने सोचमा खड्का पक्षधर छ भने थापा पक्षका नेताहरु १५औँ महाधिवेशनको मिति तय गरेर अघि बढ्ने तयारीमा छन ।

काँग्रेस महामन्त्री प्रदीप पौडेलले यही केन्द्रीय समितिको बैठकले आगामी नियमिति महाधिवेशनको मिति तय गर्ने जानकारी दिनुभएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि

आर्थिक बर्षको अन्त्यमा हतारको खर्च,पहिले भुक्तानी काम पछि