नेप्से परिसूचक करिब ५५ अङ्कले बढ्यो

नेप्से परिसूचक करिब ५५ अङ्कले बढ्यो

काठमाडौँ- साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ५४ दशमलव ५१ अङ्क अर्थात् एक दशमलव ८९ प्रतिशतले बढेर दुई हजार ९३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

आज विभिन्न ३६४ कम्पनीका छ करोड १४ लाख सात हजार ७४ कित्ता शेयर दुई लाख चार हजार ९५५ पटक खरिदबिक्री हुँदा रू २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा व्यापार समूह शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै लघुवित्त समूह चार दशमलव २१ प्रतिशतले बढेको छ ।

बैंकिङ दुई दशमलव ४९, विकास बैंक दुई दशमलव ४६, वित्त दुई दशमलव १३, होटल तथा पर्यटन तीन दशमलव ०५ र जलविद्युत् समूह शून्य दशमलव ५५ प्रतिशतले बढेको छ । त्यस्तै, लगानी शून्य दशमलव ७७, जीवन बीमा दुई, उत्पादन तथा प्रशोधन एक दशमलव ९३, म्युचुअल फन्ड एक दशमलव २४ र निर्जीवन बीमा समूह दुई दशमलव ७२ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार छ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सलपा विकास बैंक लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र भुजुङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने एनआईसी एसिया ब्यालेन्स फन्डको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको रू ८५ करोड ९६ लाख १५ हजार ६८३ बराबरको ३५ लाख ४६ हजार ८५३ कित्ता शेयर खरिदबिक्री भएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

रसुवा बाढीपछि राहत तथा उद्धारका लागि मन्त्रिपरिषद्का १० निर्णय

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

प्रधानमन्त्री शाह र बाढी प्रभावित क्षेत्रका सांसदहरुबीच छलफल

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रिय विपद् परिषद्को बैठक जारी – सार्वजनिक सेवा प्रसारण संस्था

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

दुई वर्षमा सक्नुपर्ने सडक १० वर्षमा पनि उस्तै

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा