वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

वर्षाका कारण दाउन्ने सडक खण्ड अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

नवलपरासी पूर्व- वर्षाको कारण नवलपरासी पूर्वको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । भारी वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजार स्थित ६४ मोडमा सडक मर्मत भैरहेको स्थानमा सडक हिलो र चिप्लो हुदा राजमार्ग अवरुद्ध भएको हो । शुक्रवार देखि सवारी आवागमन प्रभावित भएको दाउन्ने खण्डमा आज विहान देखि परेको वर्षाका कारण राजमार्ग  दुवैतर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

रातको समयमा मालबहाक सवारी चलाउन रोक

नारायणघाट–बुटवल सडक खण्डमा रातिको समयमा ठूदा मालबहाक सवारी चलाउन रोक  लगाइएको छ । नारायणघाट–बुटवल सडक योजनाले सूचना जारी गर्दै शुक्रबार देखि ८ गतेसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीवास–दाउन्ने–बर्दघाट खण्डमा ठूला मालवाहक सवारी रोक्ने जनाएको हो ।

कार्यालयका अनुसार ठूला मालवाहक सवारी साधनलाई बर्दघाटतर्फ त्रिवेणी चोक र दुम्किबास बजार क्षेत्रमा रोकिने व्यवस्था गरिएको छ ।  यात्रुवाहक तथा आकस्मिक सेवाका सवारी साधनलाई भने प्राथमिकताका आधारमा सञ्चालन गर्न दिइने जनाइएको छ । सडक विस्तार र मर्मतको काम चलिरहेको दाउन्ने सडक खण्डमा वर्षाका कारण सडक चिल्लो भई ठूला मालवाहक सवारी साधन चिप्लिने तथा अड्किने समस्या देखिएपछि यस्तो निर्णय गरिएको योजनाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’