प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम- प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आउनुभएकी प्रधानमन्त्री कार्कीले प्रसिद्ध जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको हो ।

त्यसअवसरमा मन्दिरका महन्थ रामतपेश्वर दास तथा उत्तराधिकारी महन्थ रामरोशन दासले स्वागत गर्नुका साथै पुष्पमाला तथा प्रसाद प्रदान गर्नुभएको थियो । मन्दिरका पुजारीबाट स्वस्तिवाचनसमेत गरिएको थियो ।

पूजा आराधनापश्चात् प्रधाममन्त्री कार्कीले मन्दिरको परिक्रमा गरी अवलोकनका साथै आवश्यक जानकारी लिनुभएको थियो । पूजापछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले जनकपुरधाममा आफ्नो विशुद्द धार्मिक यात्रा भएको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले जनकपुरधाम नेपालको धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थल भएको बताउनुभयो । उहाँले जनकपुरधामसहित देशभरका धार्मिक तथा ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री कार्कीले जनकपुरधामलाई अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो । उहाँले अन्तरिम सरकार जनताको अपेक्षाअनुसार सुशासन, विकास र स्थायित्वका लागि केन्द्रित रहेको बताउँदै सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

यसअघि जनकपुरधाम जनकपुरविमानस्थलमा मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो, प्रमुख सचिवसहित मधेस प्रदेश तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा धनुषाका प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद लुइँटेललगायतले स्वागत गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’