इयूको शिखर सम्मेलनः इरान युद्ध र युक्रेन ऋणमा केन्द्रित

इयूको शिखर सम्मेलनः इरान युद्ध र युक्रेन ऋणमा केन्द्रित

युरोपेली सङ्घ (इयु) का नेताहरूले इरान युद्ध, बढ्दो ऊर्जा मूल्य, आप्रवासन सङ्कट र युद्धग्रस्त युक्रेनलाई ठूलो ऋण दिने विषयमा बिहीबार ब्रसेल्समा शिखर सम्मेलन गर्दैछन् । स्ट्रेट अफ होर्मुज जस्ता प्रमुख जलमार्गको सुरक्षा, तेल र ग्यास आपूर्तिमा बढ्दो दबाब र यसले उत्पन्न गर्ने वैश्विक आर्थिक असरले सम्मेलनलाई उच्च प्राथमिकता दिएका छन् ।

शिखर सम्मेलनमा ऊर्जा सङ्कट समाधानका उपाय, आपूर्ति मार्गको विविधीकरण र युद्धका कारण उत्पन्न वित्तीय जोखिमको व्यवस्थापनमा केन्द्रित हुने अपेक्षा गरिएको छ । एक वरिष्ठ कूटनीतिज्ञका अनुसार कुनै पनि एकल नीति २७ सदस्य राष्ट्रको व्यापक बजारमा पर्ने प्रभावलाई कम गर्न पर्याप्त नहुने भएकाले युरोपेली आयोगले नेता र कूटनीतिज्ञहरूलाई ऊर्जा मूल्य घटाउने विविध ‘टूलबक्स’ प्रस्तावसहित छलफलमा ल्याएको छ ।

इयुभित्रको मतभेद पनि प्रमुख एजेन्डा बन्नेछ । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बन र केही अन्य राष्ट्रहरूले युक्रेनलाई आवश्यक ऋण दिन ढिलाइ गरेका कारण गतिरोध रहँदै आएको छ । डिसेम्बरमा ९० अर्ब युरो (एक खर्ब चार अर्ब डलर) ऋणमा सहमति भए पनि जनवरीमा रुसी ड्रोन आक्रमण र ड्रुझबा तेल पाइपलाइन अवरुद्ध भएपछि ओर्बन पछि हट्नुभएको थियो । आगामी चुनावको तयारीमा रहनुभएका रुस समर्थक ओर्बनले ब्रसेल्स र किएभलाई आलोचना गर्दै सार्वजनिक रूपमा आक्रामक रणनीति अपनाइरहनुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले ऋणमा अवरोध ‘पूर्णतया अनुचित’ भएको र युद्धका कारण उत्पन्न बजेट सङ्कट सामना गर्न उहाँहरूको देशलाई यी कोष बाहेक विकल्प नभएको बताउनुभएको छ । जर्मन चान्सलर फ्रेडरिक मर्जले पनि रूस विरोधी प्रतिबन्ध र युक्रेनलाई आवश्यक ऋणमा द्रुत सहमति आवश्यक रहेको भन्दै ब्रसेल्समा दृढतापूर्वक समर्थन गर्ने बताउनुभएको छ ।

यस शिखर सम्मेलनले इयुका नेताहरूलाई ऊर्जा, सुरक्षा र वित्तीय सहयोगका संवेदनशील मुद्दामा साझा रणनीति तय गर्ने अवसर प्रदान गर्नेछ, जसले मध्यपूर्वको सङ्कट र युक्रेन युद्ध दुवैबाट उत्पन्न चुनौतीहरू सामना गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला