धादिङको रिफिलिङ उद्योगहरुमा पर्याप्त ग्यास रहेको व्यवसायीको भनाइ

धादिङको रिफिलिङ उद्योगहरुमा पर्याप्त ग्यास रहेको व्यवसायीको भनाइ

 धादिङ- मध्यपूर्व क्षेत्रमा देखिएको युद्धको असरका कारण अन्तर्राष्ट्रिय बजारमा ग्यास आपूर्तिमा समस्या देखिए पनि धादिङ जिल्लामा रहेका रिफिलिङ उद्योगहरुमा भने पर्याप्त मात्रामा ग्यास मौजाद रहेको छ । साथै दैनिक आउनुपर्ने कोटा र माग अनुसारको ग्यास वुलेटहरु भारतबाट आइरहेको उद्योगीहरुले जानकारी दिएका छन् ।

जिल्लाका केही स्थानमा खाना पकाउने एलपी ग्यास अभाव भएपनि कृतिम अभाव हुने गरी कोही कसैले पनि ग्यास थुपारेर राख्नुपर्ने अवस्था नभएको भन्दै ग्यास सहजै उपलब्ध हुने उद्योगीहरु बताउँछन ।

जिल्लामा रिफिलिङ्ग उद्योगहरुमा पर्याप्त मात्रामा ग्याँस भण्डारण रहेको र दैनिक जसो ग्यासका बुलेटहरु आइरहेका छन ।

युद्धको सामान्य असर ग्याँसका बुलेट लोडिङ्गमा परेको भएपनि माग र कोटा अनुसारको ग्यास भने उद्योगमा छ । बजारमा माग अनुसारको आधा सिलिण्डर ग्याँस उद्योगबाट भरेर नियमित रुपमा पठाइएको उनीहरुको भनाइ छ ।

यसैगरी, एलपी ग्यास र पेट्रोलिय पदार्थको कृत्रिम अभाव सृजना नगर्न पनि व्यवसायीहरुलाई स्थानीय प्रशासनले आग्रह गरको छ ।

यसो त उपभोक्तहरुले पनि आवश्यक भन्दा धेरै ग्यासका सिसलिण्डर, डिजेल, पेट्रोल जस्ता बस्तुहरु अनावश्यक संकलन नगर्न जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिदै कांग्रेस,मन्त्रीहरुले सामूहिक राजीनामा दिने

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नारायणी नदी तीव्र गतिमा तटबन्धन निर्माण गरिँदै

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट

अमेरिकाले इरानमाथिको आक्रमण रोक्यो, कारणबारे फरक–फरक रिपोर्ट