श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

श्रीमतीमाथि गोली प्रहारपछि आत्महत्याको प्रयास

सुदूरपश्चिम- कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैँमाथि गोली प्रहार गरेका छन् ।

गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ । घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।

बुधबार अपराह्न गाउँ नजिकैको जङ्गलमा बाख्रा चराइरहेका बेला श्रीमती सञ्जितासँग रामबहादुरले विवाद गरी आफ्नो साथमा रहेको भरुवा बन्दुकले प्रहार गरेको स्थानीयवासीलाई उद्धृत गर्दै प्रहरी प्रवक्ता तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गए राति स्थानीयवासीले जानकारी दिएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ, घटना भएको समय यकिन भइसकेको छैन”, मृतक महिलाका माइती पक्ष आएपछि मात्र शव उठाउने तयारी भइरहेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

डा गोविन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा

एमाले र नेकपाबीच तीनबुँदे सहमति

एमाले र नेकपाबीच तीनबुँदे सहमति