राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहको अवलोकन गर्नुभएको छ । सो अवसरमा नेपाली सेनाको टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद  दाहाल, मन्त्रिगण, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको अवलोकन गर्नुभयो । समारोहमा घोडा दौड, घोडा जम्प, चार्जर घोडा दौड, घोडाको ऐतिहासिक प्रयोग, घोडचढीबाट हमला, फायर जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएका थिए ।

घोडाले गर्ने सामान ओसारपसार, यात्राको साधन, कृषि, शिकार, लडाइँ, उत्सव, खेलका झलक पनि कार्यक्रममा देखाइएका थिए । त्यस अवसरमा कुकुरबाट पनि विभिन्न कला प्रदर्शन गराइएका थिए । प्रदर्शनमा उत्कृष्ट हुनेलाई राष्ट्रपति पौडेलले पुरस्कार प्रदान गर्नुभयो ।

प्रत्येक वर्ष चैत्र कृष्ण औँसी तिथिमा काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व विविध कार्यक्रमसहित मनाउने गरिन्छ । किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो ।

साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Sydney Sweeney, Marilyn Monroe, More Celebs Who Are Related

Sydney Sweeney, Marilyn Monroe, More Celebs Who Are Related

“Hero nahi…tu actor hai” – Shah Rukh Khan Recalls Nana Patekar’s advice

“Hero nahi…tu actor hai” – Shah Rukh Khan Recalls Nana Patekar’s advice

Nana Patekar Death Update | Nana Patekar Wife Son Family | Who Is Neelkanti Patekar | Was Nana Patekar Neelkant Patekar Divorced | Nana Patekar Neelkanti Patekar Separation Reason

Nana Patekar Death Update | Nana Patekar Wife Son Family | Who Is Neelkanti Patekar | Was Nana Patekar Neelkant Patekar Divorced | Nana Patekar Neelkanti Patekar Separation Reason

Thalapathy Vijay’s son Jason Sanjay to make his acting debut with Sigma makers? Here’s what we know

Thalapathy Vijay’s son Jason Sanjay to make his acting debut with Sigma makers? Here’s what we know

Drew Barrymore’s Beautiful Walmart Kitchen Line Is All Under 0

Drew Barrymore’s Beautiful Walmart Kitchen Line Is All Under $100

Nana Patekar To Be Seen For The Last Time In Shakti Shalini Alongside Aneet Padda

Nana Patekar To Be Seen For The Last Time In Shakti Shalini Alongside Aneet Padda

Nana Patekar Death Tanushree Dutta Reaction | Tanushree Dutta First Reaction Nana Patekar Death | Tanushree Dutta Calls Nana Patekar Evil | Tanushree Dutta Nana Patekar Controversy | Tanushree Dutta Nana Patekar MeToo Controversy | When Did Nana Patekar Die