नेप्से परिसूचकमा दोस्रो सर्किट, केही समय कारोबार बन्द

नेप्से परिसूचकमा दोस्रो सर्किट, केही समय कारोबार बन्द

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो सकारात्मक सर्किट लागेको छ । आज बजार खुलेलगत्तै नेप्सेमा चार प्रतिशतको वृद्धि देखिएपछि २० मिनेटका लागि कारोबार रोकिएको थियो ।

त्यस्तै, ११ बजेर २१ मिनेटमा कारोबार पुनः खुलेसँगै दोस्रोपटक सर्किट लागेको हो ।

नेप्से परिसूचक १३५ अङ्क अर्थात् पाँच प्रतिशतले वृद्धि हुँदा दुई हजार ८४८ को बिन्दुमा पुगेको छ ।

दोस्रो सर्किटसँगै कारोबार थप ४० मिनेटका लागि स्थगित गरिएको छ ।

हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ ।

त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घण्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगित गरिने व्यवस्था रहेको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

निजामती कर्मचारी अस्पतालको सेवा चितवन र पर्सामा विस्तार

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता – सार्वजनिक सेवा प्रसारण संस्था

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

आइतबारको बिदा खारेज गर्न लागिएको होइन 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 

पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’