‘म्यागासेसे’ को संसद् यात्रा… – सार्वजनिक सेवा प्रसारण संस्था

‘म्यागासेसे’ को संसद् यात्रा… – सार्वजनिक सेवा प्रसारण संस्था

म्याग्दी– सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गर्नुभएको छ । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न आउनुभएको थियो ।

अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताउनुभयो । विसं २०५८–६४ को समयमा पोखरा, काठमाडाँैलगायत सहर बजारमा सहज रुपमा कम्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरुमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेका थिए ।

ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकोमा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रुपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गर्नुभयो । चौरीपालन, माछापालन, तरकारीखेती गरेर ग्रामीण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाइमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएको छ । चौरी र सामुदायिक लजको आम्दानी विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ ।

पुनको अगुवाइमा विसं २०६० को दशकमा टेलिमेडिसिन सेवा सञ्चालन गरेर गाउँका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई सहर बजारमा रहेका चिकित्सको परामर्शमा सेवा दिने अभ्यास गरेका छन् । नागीमा नेपाली हाते कागज उद्योग सञ्चालन भएको थियो ।

उहाँले नेतृत्व गरेको हिमालयन संरक्षण संस्थाले नागी, बरङजा, झिँ लगायतका ठाउँमा नर्सरी स्थापना गरि बिरुवा उत्पादन र वृक्षरोपण हुँदै आएको छ । राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरी युवा वैज्ञानिकलाई प्रोत्साहन एवम् सहयोग गर्न व्यक्तिगत रुपमा लेखनाथ र पोखरामा रहेको २८ रोपनी जग्गा बिक्री गरी स्रोत जुटाउनुभएको थियो । आफ्नै जीवनकथाको पुस्तक बेचेर भएको रु. १२ करोड आम्दानी वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनमा परिचालन गर्नुभएको छ ।
पुनले सन् २००२ मा अशोका फेलोसिप, २००७ मा रोमन म्यागासेसे पुरस्कार, इन्टरनेट हलअफ फेम, नेपाल सरकारबाट भवन कृत्तिरत्नसहित रु १० लाख नगद र गण्डकी प्रदेश सरकारबाट गण्डकी रत्न अवार्ड प्राप्त गर्नुभएको छ । पुनको राष्ट्रिय, अन्तरराष्ट्रिय छवि र व्यक्तित्वले मत परिवर्तनको खोजीमा रहेका म्याग्देली मतदाताको मन जितेर राजनीतिक दलहरुको साङ्गठनिक शक्तिमाथि हाबी हुँदै फराकिलो मतान्तरका साथ ऐतिहासिक जित निकालेका म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्रध्यापक विष्णुप्रसाद आचार्यले बताउनुभयो ।

एमालेका हरिकृष्ण श्रेष्ठलाई १४ हजार ९३१ मतान्तरले पछि पारेर जित हासिल गरेका पुनले २२ हजार ८५० मतका साथ जित निकाल्नुभएको हो । “राजनीतिक कार्यकर्ताको दबदवा, नेता–कार्यकर्तासँगको सम्बन्ध र पुराना राजनीतिक सम्बन्धका कारण मतदाता खुल्न नसक्ने अवस्थामा भने जस्तो काम गर्न नसकेको झोकमा मन्त्री पद छाडेर चुनाव लड्न आएका महावीरलाई चुनौती हुने आँकलन र पुर्व अनुमान मिलेन,” सहायक प्रअ आचार्यले भन्नुभयो “यसपाली लोभ, आश्वासन, डर, धम्की र भ्रमले अपेक्षाकृत काम गरेन, बरु यसले महावीरलाई जित्न झन सहज बनाएको देखियो ।”

महावीरको जितले म्याग्दीमा राजनीतिक दल तथा नेताहरुलाई समाजमा कार्यकर्ता बाहेक पनि मानिस छन् र चुनाव जित्नको लागि सङ्गठन, शक्ति र पैसानै चाहिने रहेछ भन्ने धारणाबाट मुक्त हुन सन्देश दिएको आचार्यले बताउनुभयो । अब गठन हुने प्रतिनिधिसभा सदस्यमा दलविहीन सांसद पुनमात्र बन्नुभएको छ । पुनले विद्यालय, विश्व विद्यालय, प्राविधिक शिक्षामा राजनीतिकरण र स्वार्थ समूहको प्रभावलाई अन्त्य गरेर शैक्षिक सुधारका लागि नीति निर्माण गर्न अगुवाइ गर्ने प्रतिक्रिया दिनुभयो ।

सामान्य शैलीमा मतदातासँग अनौपचारिक हिसाबले कुराकानी गर्नुका साथै साथै सामाजिक सञ्जालमार्फत चुनाव प्रचार गर्नुभएका महावीरले विजय उत्सव मनाउने र खुसीयाली साट्ने नाममा तडकभडक प्रदर्शन र अनावश्यक खर्च नगर्न अनुरोध गर्नुभएको छ । महावीरले अपनाएको फरक शैलीको चुनाव प्रचार र मतदाताबाट आर्थिक सहयोग पाएको विषयले चर्चा पाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीका पाँच स्थानमा कर्फ्यु जारी, स्थिति नियन्त्रणमा लिन सेना परिचालन

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

सुनसरीमा अनिश्चितकालिन कर्फ्यु कायमै

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

नेपाल आज नामिबियासँग खेल्दै – सार्वजनिक सेवा प्रसारण संस्था

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

डा केसीसँगको सहमति अन्तिम चरणमा, प्रधानमन्त्रीको जवाफ पर्खंदै वार्ता टोली

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

तीन लाखभन्दा बढी विस्थापित – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था

पाँच सदस्यीय छानबिन समिति गठन – सार्वजनिक सेवा प्रसारण संस्था