स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

वालिङ (स्याङ्जा)- प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झबिलाल डुम्रे निर्वाचित हुनुभएको छ । केहीबेर अघि सम्पन्न मतगणनाबाट रास्वपाका डुम्रेले २५ हजार ३५४ मत ल्याएर निर्वाचित हुनुभएको निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा नेपाली कांग्रेस भागवतप्रकाश मल्लले २० हजार ८३० मत प्राप्त गर्नुभयो । साथै नेकपा (एमाले) का खिमबहादुर थापाले १४ हजार १०८ मत ल्याउनुभएको हो ।

कूल एक लाख १७ हजार ९३० मतदाता रहेकामा ६४ हजार ९२८ मत खसेको थियो ।

पार्टी स्थापना कालदेखि नै पार्टी–निर्माण र संगठन विस्तारमा लाग्दै आउनु भएको डुम्रे ३३ बर्ष पुग्नु भएको छ ।

विशेषगरी पोखरामा सफल व्यवसायीका रूपमा पहिचान बनाउन सफल डुम्रेले ग्रामिण विकासमा स्नातकोत्तर गर्नु भएको छ ।

स्थानीय विकास, सेवा–डेलिभरी र अवसर सिर्जनाको विषयलाई नीतिमा रूपान्तरण जोड दिदै आउनु भएका उहाँसामाजिक/समुदायमा भिजेको तथा  लायन्स क्लब र युवा क्लबहरूसँग आवद्ध भएर सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आउनु भएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन