Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
हुम्लामा कांग्रेसका रोकाया विजयी – सार्वजनिक सेवा प्रसारण संस्था – Khabarofnepal

हुम्लामा कांग्रेसका रोकाया विजयी – सार्वजनिक सेवा प्रसारण संस्था

हुम्लामा कांग्रेसका रोकाया विजयी – सार्वजनिक सेवा प्रसारण संस्था

हुम्ला- प्रतिनिधिसभातर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको हुम्लामा नेपाली कांग्रेसका उम्मेदवार जयपति रोकाया निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका रोकाया आठ हजार ७९६ मत प्राप्त गरेर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले सात हजार २४३ मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा (एमाले)का दल फडेराले चार हजार ३३१, रास्वपाका टासी ल्हाजोमले एक हजार, प्रलोपाका जटिल कार्कीले २४८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कुम्भ बुढाले १२८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढाले १२४ मत प्राप्त गर्नुभयो । हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।

विक्रम सम्वत् २०३५ साल कार्तिक ४ गते हुम्लामा जन्मिनुभएका रोकायको राजनीतिक यात्रा २०४९ सालमा नेपाल विद्यार्थी संघ हुम्लाको अध्यक्ष पदबाट सुरु भयो र उनी तीन कार्यकाल उक्त पदमा रहनु भएको थियो ।

रोकाया हालको सिमकोट गाउँपालिका–५ (साविक सिमकोट गाविस) का स्थायी बासिन्दा हुनुहुन्छ।

उहाँले माध्यामिक शिक्षा हुम्लाको मानसरोवर माविबाट पूरा गर्नुभयो काठमाडौंको शंकरदेव क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गर्नु भयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1

Knicks, MSG Respond to Championship Ring Drama, Phishing Test Backlash

Prabhas Celebrates Birthday Amid Massive Fan Revelry