जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही विजयी

जुम्लाबाट राप्रपाका ज्ञानबहादुर शाही विजयी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानेन्द्र शाही १४ हजार ८१६ मतसहित विजयी हुनुभएको छ ।

शाही नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीसँग तीन हजार १८१ मतान्तरसहित निर्वाचित हुनुभएको हो

यहाँ नेकपाका भण्डारीले ११ हजार ६३५ मत प्राप्त गर्नुभएको थियो ।

नवनिर्वाचित सांसद शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्तासमेत हुनुहुन्छ ।

२०४८ साल माघ २४ गते जुम्लाको सिङ्जा गाउँपालिका वडा नम्बर ३ पिगीमा जन्मनुभएका शाही विशेषतः सामाजिक सञ्जालमा सुशासनका मुद्दा उठाएर राजनीतिमा आउनु भएको हो ।

शाहीले आफुलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा परिचय बनाउनु भएको छ ।

जुम्लाको दुर्गम भेगमा जन्मिनु भएका शाहीले एसएलसीपछि काठमाडौँको त्रिचन्द्र कलेजमा विज्ञान विषय पढ्नु भएको थियो ।

त्रिचन्द्रबाट आईएस्सी पढेपछि सीए पढ्नका लागि भारतको राजधानी दिल्ली जानुभएको थियो ।

जुम्लामा शाहीको यो लगातार दोस्रो जित हो ।

यस अघि २०७९ सालमा पनि उहाँ जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु भएको थियो ।

अघिल्लो प्रतिनिधि सभामा शाही राप्रपाको सचेतकसमेत हुनुहुन्थ्यो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

वर्षाले निम्त्यायो सडक अवरोध, विभिन्न राजमार्गमा यातायात प्रभावित

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको सम्भावना

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

बेनी अस्पतालमा डायलाइसिस सेवा विस्तार

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव

पर्यटन प्रवर्द्धनका लागि भुलभुलेमा छैटौँ हामखोला झरना महोत्सव