मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

काठमाडौँ- प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी हुनु भएको छ । गुरुङले २ हजार ४१५ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेकपाकी उम्मेदवार एशोदा गुरुङ (सुवेदी)ले ४५४ मत पाउनु भएको छ ।

विक्रम सम्वत् २०३६ सालमा वीपी कोइरालाबाट सदस्यता लिएर नेपाली काँग्रेसको राजनीतिमा लाग्नु भएका टेकबहादुर गुरुङ्ग नेपाली काँग्रेसका पुराना नेताको रुपमा चिनिनु हुन्छ ।

मनाङ नेपाली काँग्रेसका जिल्लासभापति समेत भइसक्नुभएका गुरुङ २०७० मा दोस्रो संविधान सभा निर्वाचनमा निर्वाचित हुनुभएको थियो ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित गुरुङ पुन: २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित हुनुभयो ।

उहाँ नेपाली काँग्रेसका तत्कालिन सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा २०७० फागुन १३ गतेदेखि २०७२ पुस ९ गतेसम्म श्रम तथा रोजगार राज्यमन्त्री समेत बन्नु भयो ।७१ बर्षीय गुरुङ पार्टी भित्र पाका नेताको रुपमा परिचित हुनुहुन्छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

पहिलो चरणको मतदान जारी – सार्वजनिक सेवा प्रसारण संस्था

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

समूह सी बाट ब्राजिल र मोरक्को नकआउट चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

आज पनि सुनचाँदीको मूल्य घट्यो

आज पनि सुनचाँदीको मूल्य घट्यो

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा