Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’ – Khabarofnepal

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर कार्यक्रम’

जानकी (बाँके)- नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ ।

सरोकारवालाले कार्यक्रमको प्रभावकारिताको विषयमा अनुगमन गर्ने क्रममा विद्यालय तथा विद्यार्थीहरूमा फोहोर व्यवस्थापन, फोहोरको वर्गीकरण र वातावरणमैत्री व्यवहारमा सकारात्मक परिवर्तन देखिएको बताएका हुन् । विद्यालयहरूमा ‘रिड्युस, रियुज र रिसाइकल’ को अभ्यास, प्लास्टिक न्यूनीकरण तथा विद्यार्थीहरूमा वातावरण संरक्षणसम्बन्धी सचेतना अभिवृद्धि भएको पाइएको जनाइएको छ ।

कार्यक्रम सञ्चालित श्री देउतादिन माध्यमिक विद्यालय, नारायण मावि, धम्बोजी मावि, सरस्वती मावि, दारुल उलम बर्सतिया मावि, ज्ञानोदय विद्या निकेतन र फुलटेक्रा माविमा अनुगमन गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले कार्यक्रमले विद्यालयस्तरबाटै दिगो वातावरणीय अभ्यासको सुरुआत गरिएको उल्लेख गर्दै यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो ।

शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यार्थीमार्फत विद्यालय र समुदायसम्म सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशीले कार्यक्रममार्फत विद्यालयमा देखिएको सुधार उत्साहजनक रहेको भन्दै आगामी दिनमा थप विद्यालयमा कार्यक्रम विस्तार आवश्यक रहेको बताउनुभयो ।

सो कार्यक्रमअन्तर्गत विद्यार्थीलाई फोहोर तथा फोहोरसम्बन्धी अभ्यासहरुको परिचय, फोहोर वर्र्गीकरण यसको बुझाइ, ‘थ्री आर’ विधि, फोहोरबाट कम्पोष्टको उत्पादन, फोहोर जलाउँदा हुने असरहरु, विद्युतीय फोहोर व्यवस्थापन र फोहोर र जलवायु परिवर्तनको विषयमा कक्षा सञ्चालन गरिएको छ ।

यसबाट विद्यालय परिसर सफा, स्वच्छ र वातावरणमैत्री बन्न सहयोग पुगेको सरोकारवालाहरूको भनाइ छ । विद्यालयमा शून्य फोहोर अवधारणा प्रभावकारी रूपमा कार्यान्वयन भएमा स्थानीय तहको समग्र वातावरण व्यवस्थापनमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

द कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ग्रिन नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण परियोजनाअन्तर्गत सञ्चालित विद्यालयमा शून्य फोहोर कार्यक्रमको आइतबार अनुगमन गरिएको हो ।

अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापा, सामाजिक विकास अधिकृत कृष्णप्रसाद जोशी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालगायत सहभागी थिए ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Housefull 4 Turns 7: Kriti Kharbanda Revisits Her Regal Avatar, Expresses Gratitude For The Film

Kamal Haasan’s next film with director SU Arun Kumar to be titled Sandiyar? 1st look likely out on his 72nd birthday

Andy Cohen Shares Update on Kevin Sobieski’s Bond With His Kids 

Ayushmann Khurrana and Tahira Kashyap Host Star-studded Diwali Bash

Udta Teer Budget And Box Office Target EXCLUSIVE: Here’s How Much Ayushmann Khurrana Film Should Earn To Become A Hit | Udta Teer Box Office Update | Udta Teer Budget | Udta Teer Box Office Target | Ayushmann Khurrana Udta Teer Box Office Target

Bigg Boss Tamil 10: Ramya Krishnan to step in as guest host for reality show

Kim Kardashian Stuns in Leopard-Print Gown at All’s Fair Premiere in Rome