Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल – Khabarofnepal

कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

कानुन कार्यान्वयनमा सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल

बाजुरा–  गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार कानुन कार्यान्वयनमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

सुदूरपश्चिमको बाजुरामा निर्वाचन अघि शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिन पुग्नुभएका गृहमन्त्री अर्यालले कानुन विपरितका कार्य कसैले पनि नगर्न आग्रह गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वदलिय तथा सर्वपक्षी बैठकमा मन्त्री अर्यालले निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबैलाई आग्रह गर्नुभयो ।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि बनेको सरकारले निर्वाचनको जिम्मेवारी लिएकाले निर्वाचन हुनेमा कुनै शंका नगर्न गृहमन्त्री अर्यालले आग्रह गर्नुभयो । निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पाएकाले हदैसम्म सहजीकरण गर्न सरकार पछि नहट्ने उहाँको भनाइ थियो ।

गृहमन्त्री अर्यालले राजनितिक र प्रशासनिक सुशासन प्रत्याभूत गराउन निर्वाचन आवश्यक भएको बताउनुभयो । कर्मचारी र सुरक्षाकर्मीलाई कोही कसैको पनि पक्षधर नबन्न उहाँले निर्देशन दिनुभयो । उहाँले सुरक्षाकर्मी र नागरिक माथि कुनै किसिमको हिंसा हुन नदिन जिल्लामा दलहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

गहृमन्त्री अर्याल तथा गृह सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको टोली जिल्ला आएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Devi Sri Prasad’s Place in Ram Charan’s RC17 Still Remains Uncertain

Tu Hai Meri Kiran First Review | Tu Hai Meri Kiran First Review Rating | Tu Hai Meri Kiran Special Screening Review | Tu Hai Meri Kiran Full Movie First Review | Is Tu Hai Meri Kiran Worth Watching | Sonakshi Sinha Tu Hai Meri Kiran First Review

The Paradise: Did Nani starrer trim 24 minutes from movie after OTT release? Find out

Jennifer Lawrence Reacts to Being Connor Wood’s Celeb Crush

Devi Sri Prasad Steps Before The Camera As Yellamma Sets a March 2027 Release

Entertainment Live Updates Today (October 22, 2026): Salman Khan Residence Under Heavy Security After Tiger Shroff Firing Incident | Rajinikanth Starrer Jailer 2 Crosses Rs 300 Crore Mark | Daler Mehndi Drunk Video Controversy New Update

Scene: Suriya starrer introduces Naslen as Eeswaran, a charming villain in action comedy flick