Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह – Khabarofnepal

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह

मौन अवधिमा आचारसंहिताको पूर्ण पालना गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ– नेपाल पत्रकार महासङ्घले निर्वाचनको मौन अवधिमा निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सञ्चारमाध्यम र पत्रकारलाई आग्रह गरेको छ ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा आज अपिल जारी गर्दै महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकार र सञ्चारमाध्यमका सवारीसाधनलाई प्रेस पासका आधारमा निर्वाध रूपमा आवाज–जावत गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभएको छ । सङ्कलनमा खटिएका पत्रकारलाई कुनै पनि किसिमका अवरोध नगर्न सबै सरोकार भएकाहरूलाई महासङ्घले आग्रह गरेको छ ।

पछिल्लो समयमा ‘सेल्फ सेन्सरसिप’को पीडा भोग्नुपरेको स्मरण गर्दै विज्ञप्तिमा भनिएको छ,“पत्रकार तथा सञ्चारगृहले नियामक निकाय प्रेस काउन्सिल र महासङ्घको प्रतिबद्धता एवं निर्वाचन आयोगद्वारा जारी आचारसंहिता पालनामा इमान्दारिताका साथ समाजप्रति उत्तरदायी भई समाचार प्रकाशन र प्रसारण गर्न उत्तिकै जरूरी छ । भ्रमपूर्ण सूचनाका आधारमा नभई सत्य, तथ्य सूचनालाई सम्प्रेषण गर्न आग्रह छ ।”

पत्रकारलाई सुरक्षित रहेर कार्यस्थलमा जुट्न आग्रह गर्दै अध्यक्ष शर्माले लोकतन्त्रको सुन्दर पक्ष दलीय प्रतिस्पर्धाबाट जनमत प्राप्त गरी अनुमोदित हुनुभएकाले निर्वाचनका सन्दर्भमा संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई भरपुर निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्ने माग गर्नुभयो ।

समाजले नेपाली सञ्चारजगत्लाई कसरी हेरिरहेको छ भन्ने गम्भीर प्रश्न उब्जिए पनि संविधानले व्यवस्था गरेको पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध रूपमा उपयोग गर्न पाउनुपर्छ भन्नेमा महासङ्घ प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Why Sister Wives’ Meri Brown Refused to Leave Ex Kody Brown

Rohit Shetty Refers To Recent Firing Incident Involving Tiger Shroff

Pratap: Seema Biswas Commands Attention As Meera Sen In Striking New Character Poster; Trailer Out Tomorrow

Premada Oorali Box Office Collections: Kannada film fetches Rs 3.50 crore in 4th Saturday, grosses Rs 107 crore

Dan Reynolds, Sofía Vergara Step Out For Dinner After Minka Kelly Breakup

Festive Fashion 2026: 7 Standout Looks to Take Cues From 

Udta Teer 3 Days Box Office Collection Early Updates (Today): Weekend Jump Alert! Ayushmann Khurrana-Sara Ali Khan Film Beats Jailer 2 Hindi Figures | Udta Teer Opening Weekend Collection Early Updates | Udta Teer Box Office Collection Day 3 Sacnilk Early Updates | Udta Teer Collection First Weekend Sunday Early Updates (Day 3) | Udta Teer First Sunday Collection Early Updates (October 25, 2026) Udta Teer Vs Jailer Box Office