शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था

शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था

गुल्मी-नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस छत्रकोटले आज गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले उहाँले सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर सुधारको थालनी गरिने बताउनुभयो ।

“भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउँछौँ, मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौँ”, शर्माले भन्नुभयो । उहाँले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाउनुभयो । “नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौँ”, उहाँले भन्नुभयो ।

शर्माले कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहो¥याउन मतदातालाई आग्रह गर्नुभयो । “सिँगो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाक्ने क्षमता कांग्रेससँग छ”, उहाँले भन्नुभयो । जेनजी युवाहरुले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उहाँको तर्क थियो ।

विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्नका लागि विशेष पहल गरिने तथा गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने शर्माको भनाइ थियो । विकास निर्माणमा ढिलासुस्ती अन्त्य गर्न तीन सिफ्टमा काम गर्ने कार्यशैली अपनाइने बताउँदै शर्माले श्रमिक, ठेकेदार र इञ्जिनियरबीच समन्वय गरी समयमै आयोजना सम्पन्न गरिने दाबी गर्नुभयो ।

कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार चन्द्रकान्त भण्डारीले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रका अधुरा विकासका योजना पूरा गर्ने र युवालाई रोजगारीका अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिक मतगणना अन्तिम चरणमा,यस्तो छ मतपरिणाम

समानुपातिक मतगणना अन्तिम चरणमा,यस्तो छ मतपरिणाम

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

वायु प्रदूषण बढ्दै गएपछि सतर्क रहन विज्ञहरुको आग्रह

वायु प्रदूषण बढ्दै गएपछि सतर्क रहन विज्ञहरुको आग्रह

नेप्से परिसूचक घटेपनि कारोबार भने २१ अर्ब भन्दा बढी

नेप्से परिसूचक घटेपनि कारोबार भने २१ अर्ब भन्दा बढी

समानुपातिक तर्फ रास्वपालाई ५० लाख बढी मत

समानुपातिक तर्फ रास्वपालाई ५० लाख बढी मत

आजका लागि कृषिउपजको थोक मूल्य

आजका लागि कृषिउपजको थोक मूल्य

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण

व्यावसायिक फलफूलखेतीतर्फ भुल्केका किसानको आकर्षण