Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था – Khabarofnepal

शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था

शर्मा – सार्वजनिक सेवा प्रसारण संस्था

गुल्मी-नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुशासन स्थापना गर्न पार्टीका शीर्ष नेताकै सम्पत्ति छानबिन सुरु गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस छत्रकोटले आज गुल्मी क्षेत्र नं १ को चोयगामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै शर्माले उहाँले सभापति गगनकुमार थापा र पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर सुधारको थालनी गरिने बताउनुभयो ।

“भ्रष्टाचारको आरोप लागेमा जोसुकै नेता भए पनि पार्टी सदस्यताबाट हटाएर कानुनी प्रक्रियालाई सघाउँछौँ, मुद्दा लागेपछि राजनीतिक संरक्षण होइन, कानुनलाई सहयोग गर्ने संस्कार बसाल्छौँ”, शर्माले भन्नुभयो । उहाँले कर्मचारी प्रशासनको मनोबल खस्किएको उल्लेख गर्दै इमानदार कर्मचारीलाई काम गर्ने वातावरण बनाइने प्रतिबद्धता जनाउनुभयो । “नागरिकले सबै कागजात लिएर कार्यालय पुग्दा पनि काम नहुने अवस्थाको अन्त्य गर्छौँ”, उहाँले भन्नुभयो ।

शर्माले कांग्रेस भरपर्दो र पुरानो लोकतान्त्रिक शक्ति भएको दाबी गर्दै २०६४ सालको जस्तो आवेगमा विवेक गुमाउने गल्ती नदोहो¥याउन मतदातालाई आग्रह गर्नुभयो । “सिँगो टिम, विज्ञ र योग्य व्यक्तिहरूलाई समेटेर देश हाक्ने क्षमता कांग्रेससँग छ”, उहाँले भन्नुभयो । जेनजी युवाहरुले खोजेको परिवर्तनलाई संस्थागत गर्न कांग्रेसले नेतृत्व लिनुपर्ने उहाँको तर्क थियो ।

विदेशमा रहेका नेपाली समुदायलाई पार्टीसँग जोड्नका लागि विशेष पहल गरिने तथा गैरआवासीय नेपालीलाई मतदान अधिकार सुनिश्चित गर्न पहल गरिने शर्माको भनाइ थियो । विकास निर्माणमा ढिलासुस्ती अन्त्य गर्न तीन सिफ्टमा काम गर्ने कार्यशैली अपनाइने बताउँदै शर्माले श्रमिक, ठेकेदार र इञ्जिनियरबीच समन्वय गरी समयमै आयोजना सम्पन्न गरिने दाबी गर्नुभयो ।

कार्यक्रममा गुल्मी क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार चन्द्रकान्त भण्डारीले जनताको विश्वास नै आफ्नो मुख्य शक्ति भएको बताउनुभयो । उहाँले आफ्नो क्षेत्रका अधुरा विकासका योजना पूरा गर्ने र युवालाई रोजगारीका अवसर सृजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Knicks, MSG Respond to Championship Ring Drama, Phishing Test Backlash

Prabhas Celebrates Birthday Amid Massive Fan Revelry

Udta Teer Day 1 Box Office Collection (Early Updates): Ayushmann Khurrana-Sara Ali Khan Film Records A Slow Start Despite Positive Response! Did It Beat Pati Patni Aur Woh Do Opening? | Udta Teer Box Office Day 1 Collection Sacnilk Early Updates | Udta Teer Opening Day Collection (Day 1) Early Updates | Udta Teer Movie First Day Collection Early Updates | Udta Teer vs Pati Patni Aur Woh Do Box Office

Tu Hai Meri Kiran Opening Day Box Office Collections: Sonakshi Sinha and Zaheer Iqbal starrer takes DISASTROUS start, nets Rs 10 lakh on Day 1

Kate Gosselin Responds After Son Collin Gosselin’s Allegations in Memoir

Pankaj Tripathi And Aditi Rao Hydari Share Screen For The First Time In Parivarik ManuRanjan

Entertainment News Live Updates | Balu Varghese Legal Notice | Balu Varghese Misconduct Allegations | Jailer 2 Day 8 Box Office Collection | Rajinikanth Worldwide Collection