पर्सामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक

पर्सामा मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक

पर्सा- जिल्ला प्रशासन कार्यालय पर्साले निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न प्रशासनले यस्तो कदम चालेको बताइएको छ ।

मदिरा बिक्री तथा सेवनका कारण शान्ति सुरक्षामा असर पर्न सक्ने देखिएकाले निर्वाचन अवधिभर मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पोखरेलले जानकारी दिनुभयो ।

उहाँका  अनुसार शुक्रबार अर्थात् भोलीदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नहुन्जेलसम्म जिल्लाभित्र कुनै पनि प्रकारका मदिराजन्य पदार्थको बिक्री, वितरण तथा सेवन गर्न पाइने छैन।

बिहीबार बसेको जिल्ला सुरक्षा समितिको निर्णय, गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा निर्वाचन आयोगको मापदण्डअनुसार प्रतिबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरेल बताउनु हुन्छ ।

प्रशासनले सूचनको पालना गर्न आग्रह गर्दै अवज्ञा गरे कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिएको छ । साथै , शान्ति सुरक्षा कायम राख्न सबै सरोकारवाला निकाय, व्यवसायी तथा सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गरिएको छ।

Source link

संबधित खबर

धेरै पढ़िएको

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

साउनको दोस्रो सोमबार: पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

नागढुङ्गा-सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

त्रिविको प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

कञ्चनपुरमा भारतीय सहयोगमा विद्यालय भवन निर्माण सुरु

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पार्टीलाई एकतावद्ध बनाउन असन्तुष्ट नेता सहितको कार्यदल-सभापति थापा

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

पूर्वाधारमा प्राविधिक त्रुटि र जल प्रवाह क्षेत्र अतिक्रमणले माइतीघर डुबान

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल

प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुने-मन्त्री पोखरेल