Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
लुम्बिनीका मतदाताको प्राथमिकतामा गुणस्तरीय शिक्षा – Khabarofnepal

लुम्बिनीका मतदाताको प्राथमिकतामा गुणस्तरीय शिक्षा

लुम्बिनीका मतदाताको प्राथमिकतामा गुणस्तरीय शिक्षा

रुपन्देही- रुपन्देहीको क्षेत्र नम्बर ५ भगवान बुद्धको जन्मस्थल लुम्बिनीदेखि उत्तर सैनामैनासम्म फैलिएको छ । मिश्रित समुदाय र भुगोलले घेरिएको रुपन्देही ५ मा ५ वटा पालिकाका ३२ वडा समाबेश रहेका छन् ।

चर्चाको हिसावले लुम्बिनी सास्कृतिक नगरपालिका बिश्वमै चर्चामा रहेपनि शिक्षामा भने निकै कमजोर अबस्थामा रहेको छ । यहाँका मतदाताले शिक्षाको गुणस्तर र उच्च शिक्षामा ध्यान दिन सक्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

५ वटा पालिका सम्मेलित रुपन्देहीको क्षेत्र नम्बर ५ मा लुम्बिनी सास्कृतिक नगरपालिका भित्रका १० वटा वडा पर्दछन् । पर्यटकीय र पुरातात्विक हिसावले लुम्बिनी बिश्वमाझ परिचित रहेको छ । तर, शिक्षाका हिसावले हेर्ने हो भने नगरपालिका क्षेत्र भित्रको अबस्था निकै कमजोर रहेको छ ।

यहाँका मतदाताले उच्च शिक्षाको पहुंच र गुणस्तरीय शिक्षा दिलाउन पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् ।

लुम्बिनी साँस्कृतिक नगरपालिका पडरियाका राजदीप सिंह क्षेत्रीले नगरपालिका भित्र बिद्यालय तहदेखि उच्च शिक्षाका लागि गुणस्तरिय शिक्षा उपलब्ध हुन नसक्दा बिद्यार्थीहरु बुटवल तथा भैरहवा जानु परेको बताउनु भयो । उहाँले मत माग्नु आउने सांसदका उम्मेदवारहरुलाई शिक्षा सुधारको एजेण्डा लिएर आउन आग्रह गर्नुभयो ।

त्यस्तै लुम्बिनीकै सुनिता हरिजनले गुणस्तरीय शिक्षामा जोड दिने उम्मेदवारलाई युवा बिद्यार्थीले मत दिने बताउनु भएको छ । लुम्बिनी क्षेत्रमा स्तरिय शिक्षा नहुँदा यहाँका बिद्यार्थीको उत्तिण दर निकै कमजोर रहेको भन्दै शिक्षा सुधारमा बिशेष ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

लुम्बिनी सास्कृतिक नगरपालिका भित्र ३२ बटा सामुदायिक, २९ वटा संस्थागत, ३८ वटा परम्परागत तथा धार्मिक र ८ वटा सामुदायिक सिकाई केन्द्र गरी १०७ वटा शैक्षिक सस्था रहेका छन् । यहाँ एउटा स्नातक सम्म अध्ययन हुने क्याम्पस रहेको छ ।

बिद्यालय संख्याका हिसावले माथि रहेपनि शैक्षिक गुणस्तर र उत्तिण दरमा भने लुम्बिनी सास्कृतिक नगरपालिका निकै तल रहेको छ ।

यस पालिकामा मात्रै ३४६ जना बालबालिका अहिले पनि बिद्यालय बाहिर रहेका छन् ।

लुम्बिनी सास्कृतिक नगरपालिकाका शिक्षा शाखा प्रमुख हरीप्रसाद ज्ञवालीले शिक्षक दरबन्दी, अभिभावकमा चेनताको अभाव लगाएतका कारण शैक्षिक गुणस्तर चाहे अनुरुप सुधार हुन नसकेको उल्लेख गर्नुभयो ।

२०८१ सालको नजिता अनुसार लुम्बिनी सास्कृतिक नगरपालिका भित्र आधारभुत तर्फ ७८ दशमलव ७८ प्रतिशत उत्तिण हुदा माध्यामिक तह अर्थात कक्षा १० मा ४० दशमलव ३७ प्रतिशत मात्र उत्तीर्ण भएका छन् ।

रुपन्देही-५ मा उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका उम्मेदवारहरुले शिक्षा क्षेत्रको समग्र बिकासको मुद्धालाई पहिलो प्राथमिकता राखेर अगाडि बढेको बताउनु भएको छ ।

मानिसको चेतनामा बिकास गर्न सके समाज र देश बिकास गर्न सकिने भएकाले शिक्षा क्षेत्रको बिकास गर्ने एजेण्डा कार्यन्वयनमा बिशेष जोड दिनुपर्ने देखिन्छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

India’s Got Latent 2 MC Stan Episode Dailymotion: Who Are The Panelists Of Samay Raina Show New Episode 8 YouTube | Where To Watch India’s Got Latent 2 MC Stan Episode Online? | When Will India’s Got Latent 2 Ayushmann Episode October 25 Episode Drop On Dailymotion

Highest Grossing Kollywood Films Overseas: Superstar Rajinikanth starrer Jailer 2 tops, First to USD 25 million

Ciara Miller and Kyle Cooke Kiss in Shocking Summer House Sneak Peek

10 Biopics We Love: From Rajkummar Rao’s Prahaar to Aamir Khan’s Dangal

Shilpa Rao Mumbai Show Controversy: Did Singer Interrupt Another Artist’s Set? Blame Game Erupts Online | Shilpa Rao Concert Bollywood Music Project | Bollywood Music Project 2026 Controversy What Really Happened | Shilpa Rao Instagram Mumbai Concert Bollywood Music Project

Drishyam The Conclusion Box Office Collections: Ajay Devgn’s thriller registers good growth on 4th Saturday, nets Rs 353 crore in 23 days

Inside Katy Perry, Justin Trudeau’s Surprising Relationship