आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण – सार्वजनिक सेवा प्रसारण संस्था

आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण – सार्वजनिक सेवा प्रसारण संस्था

कर्णाली- आसन्न फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहरूलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको आयोजनामा सोमबार सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीले भद्रले अनुशासित ढङ्गले सबै दल, कर्मचारी तथा पत्रकारहरूले आफूलाई प्रस्तुत गर्न चुनाव सुव्यस्थित, मर्यादित र भयरहित तरिकाले सम्पन्न हुने बताउनुभयो ।

चुनावको समयमा सबैभन्दा बढी भ्रामक सामग्री सम्प्रेषण हुने कुरामा पत्रकारले गम्भीर भएर सामाचार सम्प्रेषण गर्नुपर्ने सुझाउँदै जिल्ला प्रशासन कार्यालयमा भ्रामक कुराको अनुगमन÷अध्ययन गर्न छुट्टै सेल स्थापना गरिएको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले निर्वाचन नजिकिँदै गर्दा पत्रकारमाथि धम्की तथा आक्रमणका घटना दैनिक महासङ्घमा आउने गरेको बताउनुभयो ।

यस्तो अवस्थामा पत्रकारहरूले थप जिम्मेवार बनेर सही र सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्ने उहाँले जनाउनुभयो । आचार्यका अनुसार आचारसंहिता पालना गर्नु प्रत्येक पत्रकारको कर्तव्य भएकाले जिम्मेवार र मर्यादित ढङ्गले रिपोर्टिङ गर्नुपर्दछ । त्यस्तै, महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले सही र सत्य समाचार सम्प्रेषण गर्न जोड दिँदै मिथ्या समाचार प्रकाशन तथा प्रसारण नगर्न आग्रह गर्नुभयो ।

कर्णाली प्रदेशका विभिन्न जिल्लाका अध्यक्षसहित दर्जनभन्दा बढी पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा पत्रकारहरूले निर्वाचनका क्रममा भोगेका समस्या, चुनौती र समाधानका लागि अपनाइएको विधिबारे छलफल गरिएको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था