गृहमन्त्री अर्यालद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

गृहमन्त्री अर्यालद्वारा धादिङ दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले गएराति धादिङमा भएको बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँले कलङ्कीस्थित नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर घाइतेहरूको अवस्था र उपचारबारे जानकारी लिनुभएको हो ।

त्यस अवसरमा मन्त्री अर्यालले घाइतेहरूको उपचारलाई सरकारले उच्च प्राथमिकता दिएकाले कुनै सन्देह नलिन सुझाव दिनुभयो । उहाँले दुवै अस्पतालका चिकित्सकलाई घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन आग्रह गर्नुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस गएराति १ः३० बजेतिर धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैँसीगौडामा त्रिशूली नदी किनारमा खसेको थियो ।

घटनामा बसमा सवार ४४ यात्रुमध्ये १९ जनाको मृत्यु र २५ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । घाइतेहरूको काठमाडौँको ट्रमा सेन्टरसहित विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि मन्त्री अर्यालको अध्यक्षतामा गृह मन्त्रालयमा आजै बसेको बैठकले घाइतेहरूको उपचारलाई प्राथमिकता दिने तथा घटनाको सत्यतथ्य पत्ता लगाउन दुर्घटना जाँचबुझ समिति गठन गर्ने निर्णय गरेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनको प्रभाव बढ्यो, विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

२३ जिल्लामा रात्रिकालीन सवारी आवागमनमा रोक

आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था

बाढीपहिरोले छ राजमार्ग अवरुद्ध – सार्वजनिक सेवा प्रसारण संस्था