शान्ति सद‍्भाव कायम राख्न गौरमा शान्तिको सन्देश

शान्ति सद‍्भाव कायम राख्न गौरमा शान्तिको सन्देश

रणधिर साह, रौतहट– मस्जिद छेउबाट बाजागाजासहित जन्ती जाँदा उत्पन्न विवादका कारण गत बिहीबार रातिदेखि तनावग्रस्त बनेको गौर क्षेत्र अहिले क्रमशः शान्तितर्फ उन्मुख भएको छ।

गौर नगरपालिका–६ सबगढामा नागरिक समाजको अगुवाइमा आयोजित शान्ति–सद‍्भाव र्‍यालीमा हिन्दु तथा मुस्लिम समुदायका अगुवा, स्थानीय प्रशासन, विभिन्न राजनीतिक दलका प्रतिनिधि र ठूलो संख्यामा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । र्‍यालीमार्फत आपसी भाइचारा, एकता र सहअस्तित्व कायम राख्ने सन्देश दिइएको छ।
सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित क्षेत्रको परिक्रमा गर्दै शान्ति, सद‍्भाव र सामाजिक एकताको अपिल गरेको थियो।

दुई समुदायबीच विवाद चर्किएपछि अवस्था नियन्त्रणमा लिन प्रशासनले शनिबार दिउँसो १ बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो। परिस्थितिमा क्रमिक सुधार देखिएसँगै जिल्ला प्रशासन कार्यालय रौतहट ले सोमबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु आंशिक रूपमा खुकुलो बनाएको छ। बिहान १० बजेपछिको अवस्थाको मूल्यांकन गरी कर्फ्यु हटाउने वा यथावत राख्ने विषयमा निर्णय गरिने सुरक्षा स्रोतले जनाएको छ ।

स्थानीय अगुवाहरूले कसैको उक्साहटमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेका छन्। केही दिनदेखिको अशान्तिपछि निकालिएको यो र्‍यालीले गौरमा पुनः विश्वास र भाइचाराको वातावरण सुदृढ हुने अपेक्षा गरिएको छ ।

नागरिक समाजका अध्यक्ष जगन्नाथ प्रसाद केसरीको नेतृत्वमा निकालिएको उक्त र्‍यालीमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, नारायण दल गणका कर्णेल विश्वास विष्ट, नेपाल प्रहरीका एसपी सीताराम रिजाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, विभिन्न राजनीतिक दलका नेताहरू, दुवै समुदायका अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभा तीन विधेयक प्रस्तुत – सार्वजनिक सेवा प्रसारण संस्था

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो-अर्थमन्त्री डा वाग्ले

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

सन्दीप लामिछानेको कप्तानीमा नेपालले एसीसी प्रिमियर कप खेल्ने

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी

सामुदायिक वनलाई हरित अर्थतन्त्रको आधार बनाइनेः मन्त्री चौधरी