वीरगन्जमा कर्फ्यु आदेश जारी – सार्वजनिक सेवा प्रसारण संस्था

वीरगन्जमा कर्फ्यु आदेश जारी – सार्वजनिक सेवा प्रसारण संस्था

वीरगन्ज, पर्सा – हिजो साँझ सवारी पार्किङको विषयमा भएको झगडापछि उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सा ले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरेको हो। प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिकाको तोकिएको क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा–बैठक लगायतका गतिविधिमा पूर्ण रोक लगाइएको छ ।

प्रशासनका अनुसार हिजो साँझ पार्किङ व्यवस्थापनको विषयमा दुई पक्षबीच भएको विवादले झगडाको रूप लिएको थियो । सो घटनापछि बजार क्षेत्रमा तनाव बढ्ने संकेत देखिएकाले सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गरिएको हो ।

यद्यपि, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, पूर्वनिर्धारित परीक्षा दिन जाने परीक्षार्थी, पर्यटक तथा कूटनीतिक नियोगका सवारीसाधनलाई भने सुरक्षा निकायको समन्वयमा आवतजावतमा सहजीकरण गरिने प्रशासनले जनाएको छ ।

प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, शान्ति कायम गर्न सहयोग गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

मुगुमा कांग्रेसका शाही विजयी – सार्वजनिक सेवा प्रसारण संस्था

मुगुमा कांग्रेसका शाही विजयी – सार्वजनिक सेवा प्रसारण संस्था

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी