Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन – Khabarofnepal

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी- प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नेगरी तयारीका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

निर्वाचन तयारी सन्दर्भमा आज लुम्बिनी प्रदेशको अवस्थाका बारेमा जानकारी लिन आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको जिम्मेवारी भएकाले यसमा सबै जिम्मेवार बन्न निर्देशन दिनुभएको बैठक पछि लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले जानकारी गराउनुभयो ।

प्रधानमन्त्री कार्कीसहित आज बिहान मध्यपश्चिम पृतना हेडक्वाटर बुटवलमा आयोजित प्रदेशस्तरीय एकीकृत सुरक्षा बैठकमा समग्र प्रदेशको निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो ।

जिल्लास्थित सुरक्षा समितिले जिल्लाको चुनौतीका अवस्था पहिचान गरेर त्यसैअनुरुपको सुरक्षा रणनीति बनाएर अघि बढ्न प्रधानमन्त्रीबाट निर्देशन भएको प्रदेश सरकारका प्रमुख सचिव काप्रीले जानकारी दिनुभयो ।

जिल्लागत रुपमा मतदानस्थललाई चुनौती पहिचान गरी तिनलाई वर्गीकरण गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको एकीकृत सुरक्षा योजनाअनुरुप अघि बढ्न निर्देशन दिनुभएको प्रमुख सचिव काप्रीले बताउनुभयो ।

प्रदेशका १२ वटै जिल्लामा तयारी, प्रदेशमा गठन भएको निर्वाचन कमाण्ड सेलसँग संवाद गरेर निर्वाचन निष्पक्ष र शान्ति पूर्ण रुपमा सम्पन्न गर्न १२ वटै जिल्लामा जिल्ला सुरक्षा समितिले योजना बनाएका विषयमा प्रधानमन्त्रीसमक्ष जानकारी गराइएको प्रमुख सचिव काप्रीले जानकारी गराउनुभयो ।

बैठकमा नेपाली सेनाका पृतनापति हिम्मतबहादुर विष्ट, नेपाल प्रहरीका प्रदेश प्रमुख, प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्री, सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षकलगायत बैठकमा सहभागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनुभएको थियो ।

यस्तै प्रदेश सरकारका प्रमुख सचिव काप्रीले समग्र प्रदेशको तयारीका अवस्थामा जानकारी गराइएको बताउनुभयो ।

जिल्लागत रुपमा अतिसंवेदनशील, संवेदनशील र सामान्य निर्वाचन मतदान केन्द्र पहिचान गरेर आवश्यक तयारी गरिएको जानकारी गराउनुभयो । जिल्लास्थित सरकारी निकायले त्यस्ता चुनौती पहिचान गरेर समाधानका लागि आवश्यक संवाद र छलफल गरेर काम गर्ने विषयमा जानकारी गराइएको थियो ।

प्रधानमन्त्रीको निर्देशनबाट निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न थप हौसला मिलेको र प्रतिबद्धताका साथ निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न लाग्ने प्रमुख सचिव काप्रीले बताउनुभयो ।

एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागबाट सङ्कलित सूचना गरेर आवश्यक रणनीति तय गरिने विषयमा बैठकमा छलफल भएको जानकारी दिनुभयो ।

प्रदेश सरकारले पनि यो निर्वाचन निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने जिम्मेवारी रहेकाले प्रदेश सरकारका जिल्लास्थित निकायहरु, स्थानीय तहबाट सहयोग लिएर निर्वाचन तयारीको काम भइरहेको जानकारी गराउनुभयो ।

प्रदेशका १२ जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये प्रमुख रुपमा तराईका जिल्लामा खुला सीमाना प्रमुख साझा चुनौतीका रुपमा रहेका विषयमा छलफल भएको बताउनुभयो ।

यस प्रदेशमा पश्चिम नवलपरासीदेखि बर्दियासम्ममा ४१४ किलोमिटर खुला सिमाना छ । प्रदेशमा एउटा हिमाली जिल्ला रुकुमपूर्व सञ्चारमा सूचना सङ्कलन, पहुँचजस्ता विषय, जनसाङ्ख्यिक विविधताका हिसाबले धार्मिक, जातीय र भौगोलिकताजस्ता विषयमा समस्या आउनसक्ने सम्भावना लाई पहिचान गरेर तयारी गरिने बताउनुभयो ।

प्रधानमन्त्रीसमक्ष यस्ता विषयमा विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जानकारी गराउनुभएको बताउनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

“A Humanitarian, a Deeply Kind Man,” Anupam Kher On Meeting Stevie Wonder

Udta Teer Day 1 Collection | Udta Teer Opening Day Collection | Udta Teer Day 2 Collection LIVE | Udta Teer Today Collection (October 24, 2026) | Udta Teer Total Collection | Udta Teer Opening Weekend Report

Box Office: Pehla Pyaar Doosri Baar opens with Rs 50 lakh, double of Tum Mere Ho’s first day collection

Why Holland Taylor Left Two and a Half Men Contract, Details Paycheck

Salaar 2 News Back on The Radar on Prabhas’s Birthday

Aura India Tour: Diljit Dosanjh Takes Jibe At Debate Around Delhi Concert After He Gets Clearance From Police

Udta Teer Opening Day Box Office Collections: Ayushmann Khurrana and Sara Ali Khan starrer spy comedy collects Rs 3.75 crore on Day 1