गाजामा आक्रमण रोकिएपछि मात्र पुननिर्माण सुरु गर्नुपर्ने हमासको अडान

गाजामा आक्रमण रोकिएपछि मात्र पुननिर्माण सुरु गर्नुपर्ने हमासको अडान

प्यालेस्टिनी इस्लामवादी आन्दोलन हमासले गाजाको भविष्यबारेको राजनीतिक प्रक्रिया इजरायली ‘आक्रमण’ पूर्ण रूपमा रोकिएपछि मात्र सुरु हुनुपर्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति बोर्डको पहिलो बैठकपछि बिहीबार जारी विज्ञप्तिमा हमासले नाकाबन्दी हटाउने, जनताको वैध राष्ट्रिय अधिकार सुनिश्चित गर्ने र स्वतन्त्रता तथा आत्मनिर्णयको अधिकारलाई पहिलो प्राथमिकताका रूपमा राख्नुपर्ने जोड दियो ।

ट्रम्पको बोर्डको उद्घाटन सत्र वासिङ्टनमा भएको थियो, जहाँ धेरै देशले प्यालेस्टिनी क्षेत्रको पुनर्निर्माणमा आर्थिक र मानवस्रोत सहयोग दिने प्रतिज्ञा गरे । गाजा र हमासबीचको युद्धविराम चार महिनाभन्दा लामो समयदेखि कायम छ ।

यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पुनर्निर्माण सुरु हुनुअघि हमासलाई निःशस्त्र बनाउनुपर्नेमा जोड दिनुभएको छ । “गाजाको निःशस्त्रीकरण हुनु अघि पुनर्निर्माण सुरु हुने छैन भन्नेमा हामी अमेरिका साझेदारसँग सहमत छौँ”, नेतान्याहुले भन्नुभयो । इजरायली प्रतिनिधित्व विदेशमन्त्री गिदोन सारले गर्नुभएको थियो, प्रधानमन्त्री वासिङ्टनमा उपस्थित हुनुभएन ।

खाडीका देशहरूले समेत गाजाको पुनर्निर्माणका लागि सात अर्ब डलरभन्दा बढी योगदान गर्ने वाचा गरेका छन् । मुस्लिम बहुल इन्डोनेसियाले नवजात अन्तर्राष्ट्रिय स्थिरीकरण बलमा उपकमान्डरको भूमिका निर्वाह गर्ने अमेरिकी प्रमुख मेजर जनरल जास्पर जेफर्सले बताउनुभयो । नोभेम्बरमा संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजाका लागि योजना अनुमोदन गरेपछि ट्रम्पले मोरक्को, कजाकिस्तान, कोसोभो र अल्बानियासहित पाँच देशले सेना उपलब्ध गराउने प्रतिबद्धता जनाएको जानकारी दिनुभएको छ ।

यो पहल गाजाको दीर्घकालीन स्थिरीकरण र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारी र कूटनीतिक प्रयासलाई बलियो बनाउने दिशामा लिइएको कदमका रूपमा हेरिएको छ ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने