Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांँग्रेस – Khabarofnepal

जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांँग्रेस

जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गर्दै कांँग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।

प्रतिज्ञासभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पदाधिकारी एवं केन्द्रीय तहका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो । उहाँले एतिहासिक नगरी जनकपुरधाममा हुने कार्यक्रमलाई राजनीतिक रुपमा मात्र नलिएर मधेसको स्वाभिमान, समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको सन्देश दिने विशेष अवसरका रुपमा लिएको स्पष्ट गर्नुभयो ।

प्रवक्ता चालिसेका अनुसार मधेसको माटोले सधैँ प्रजातन्त्र, समावेशिता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ आवाज उठाउँदै आएको छ । सोही भूमिबाट आज कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गर्दैछ ।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले आन्दोलनपछिको राजनीतिक यात्राका क्रममा मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात् गरी अघि बढेको कांग्रेसको आज हुने प्रतिज्ञा सभालाई ऐतिहासिक बनाउन समग्र पार्टी पङ्क्ति जुटेको बताउनुभयो । उहाँको अनुसार प्रतिज्ञा सभामा मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रबाट उल्लेख्य जनसहभागित हुने अपेक्षा गरिएको छ ।

प्रदेश सभापति यादवले भन्नुभयो, “कांग्रेसका सभापति थापा स्वयं मधेस प्रदेशअन्तर्गतको सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबीचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो ।”

कांग्रेस प्रवक्ता चालिसेले पार्टीको केन्द्रीय कार्यालय, सानेपामा आज अपराह्न ४ः०० बजे पत्रकार सम्मेलन गरी प्रतिज्ञापत्रबारे जानकारी गराउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

Tom Brady Dating Candice Swanepoel 4 Years After Gisele Bündchen Divorce

Kartik Aaryan and Shimit Amin’s Captain India to Bring Yemen Rescue Story to Big Screen

India’s Got Latent 2 MC Stan Episode Dailymotion: Who Are The Panelists Of Samay Raina Show New Episode 8 YouTube | Where To Watch India’s Got Latent 2 MC Stan Episode Online? | When Will India’s Got Latent 2 Ayushmann Episode October 25 Episode Drop On Dailymotion

Highest Grossing Kollywood Films Overseas: Superstar Rajinikanth starrer Jailer 2 tops, First to USD 25 million

Ciara Miller and Kyle Cooke Kiss in Shocking Summer House Sneak Peek

10 Biopics We Love: From Rajkummar Rao’s Prahaar to Aamir Khan’s Dangal

Shilpa Rao Mumbai Show Controversy: Did Singer Interrupt Another Artist’s Set? Blame Game Erupts Online | Shilpa Rao Concert Bollywood Music Project | Bollywood Music Project 2026 Controversy What Really Happened | Shilpa Rao Instagram Mumbai Concert Bollywood Music Project