Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

सेतो कपडाले बेरिएको शंकास्पद वस्तु फोहोरको थुप्रो भएको पुष्टि

सेतो कपडाले बेरिएको शंकास्पद वस्तु फोहोरको थुप्रो भएको पुष्टि

भावना रिजाल, मकवानपुर– मकवानपुरको हेटौंडामा सेतो कपडाले बेरिएको शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीस्थित धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला पारेको हो ।

मंगलबार बिहान करिब ५:१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी मोटरसाइकल गस्ती टोलीले गस्ती गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो । उक्त वस्तु देखिएपछि प्रहरीले तत्काल सुरक्षा सतर्कता अपनाउँदै सम्बन्धित निकायसँग समन्वय गरेको थियो।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। नेपाली सेनाको गोरखबहादुर गण र कालिप्रसाद गणबाट खटिएको बम डिस्पोजल टोलीले प्राविधिक रूपमा परीक्षण तथा डिस्पोजल गरेपछि उक्त वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको बताएको थियो । डिस्पोज गरिएको वस्तु फोहोरको थुप्रो मात्र भएको नेपाली सेनाले जनाएको छ ।

Source link

तपाईंको प्रतिक्रिया