सेतो कपडाले बेरिएको शंकास्पद वस्तु फोहोरको थुप्रो भएको पुष्टि

सेतो कपडाले बेरिएको शंकास्पद वस्तु फोहोरको थुप्रो भएको पुष्टि

भावना रिजाल, मकवानपुर– मकवानपुरको हेटौंडामा सेतो कपडाले बेरिएको शंकास्पद वस्तु फेला परेको छ । हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीस्थित धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको र बाहिरपट्टि ‘खतरा’ लेखिएको शंकास्पद वस्तु फेला पारेको हो ।

मंगलबार बिहान करिब ५:१५ बजेको समयमा अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी मोटरसाइकल गस्ती टोलीले गस्ती गर्ने क्रममा शंकास्पद वस्तु फेला पारेको थियो । उक्त वस्तु देखिएपछि प्रहरीले तत्काल सुरक्षा सतर्कता अपनाउँदै सम्बन्धित निकायसँग समन्वय गरेको थियो।

सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो। नेपाली सेनाको गोरखबहादुर गण र कालिप्रसाद गणबाट खटिएको बम डिस्पोजल टोलीले प्राविधिक रूपमा परीक्षण तथा डिस्पोजल गरेपछि उक्त वस्तुमा कुनै पनि विस्फोटक पदार्थ नरहेको बताएको थियो । डिस्पोज गरिएको वस्तु फोहोरको थुप्रो मात्र भएको नेपाली सेनाले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान, विपद्को पूर्वतयारीमा जुट्न निर्देशन

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट  १० अर्बको स्रोत सहमति

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

शुक्रबारदेखि सोमबारसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न सांसदको माग

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र

असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने गरी मर्मत तीव्र