मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

मिथिलामा १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सुरु

जनकपुर- मिथिलाको महाकुम्भ मानिने १५ दिने धार्मिक माध्यमिकी परिक्रमा सोमबारदेखि सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले धनुषाको मिथिला विहारी नगरपालिका ठेरा कौचरीस्थित मिथिला विहारी मन्दिरबाट माध्यमिकी परिक्रमा सुरु गर्नुभएको हो ।

मिथिला विहारी नगरपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा मुख्यमन्त्रीले परिक्रमाको सुरुआत गराउनुभयो । परिक्रमामा सहभागी भएका तीर्थयात्रीले नेपाल र भारतको १३३ किलोमिटरको दूरी खाली खुट्टा भजन कीर्तनसहित तय गर्नुहुनेछ ।

जनकपुरधामको अग्निकुण्डबाट किशोरीजीको डोला अर्थात् माता सीता र मिथिला विहारीबाट भगवान् रामको डोलासँगै परिक्रमाका सहभागीले १५ दिन लगाएर हिँड्ने गर्दछन् । परिक्रमाका क्रममा नेपालको ११ धार्मिक ऐतिहासिक ठाउँमा विश्राम गर्दै १०७ किलोमिटर दूरी तय गर्ने चलन छ भने भारतको २६ किलोमिटरका चार धार्मिकस्थलमा विश्राम गर्दै हिँड्ने गरेका छन् ।

मिथिला मध्यमा परिक्रमा जनकपुरधामको हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीको मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाको पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गर्दछन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन – सार्वजनिक सेवा प्रसारण संस्था

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको शिष्टाचार भेट

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

बैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा पक्राउ

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु