नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन घोषणा

नयाँ वर्षमा ‘पहाड’ प्रदर्शन घोषणा

काठमाडौँ- वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी नयाँ वर्ष अर्थात् विसं २०८३ वैशाख १ गतेदेखि प्रदर्शन हुने भएको छ । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक तथा आर्थिक समस्या चित्रण गरिएको चलचित्रको प्रदर्शन मिति वितरक तथा प्रदर्शकसँगको छलफलमा तय गरिएको निर्देशक घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मानव बसोबासविहीन बनेको उच्च पहाडको कथा समेटिएको छ, चलचित्रले हाम्रो दायित्व र देशको आवश्यकतालाई चित्रण गर्छ । चलचित्र हेरिरहँदा दर्शकले आफ्नोपन र आफ्नो कथा पाउनु हुनेछ । नयाँदेखि पुराना पुस्तासम्मलाई समेटेर काम गर्न पाउँदा उत्साहित छु ।”

चलचित्र ‘बलिदान’मा मदनकृष्ण श्रेष्ठ, ‘चिनो’मा स्वर्गीय अभिनेता सुनिल थापासँग काम गर्नुभएका निर्देशक घिमिरेले नयाँ र पुरानो पुस्तासँगको सहकार्यले राम्रो नतिजा दिनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले समाजको तीतो यथार्थलाई चलचित्रमार्फत दर्शकसमक्ष पु¥याउने बताउनुभयो । ओजस्वी केसीले निर्माण गर्नुभएको उक्त चलचित्रलाई प्रसिद्ध छायाकार प्रमोद प्रधानले छायाङ्कन गर्नुभएको छ ।

चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु ल्याउँदै हुनुहुन्छ ।

चलचित्रको प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हाल्नुभएको छ । चलचित्रमा रञ्जित गजमेरले सङ्गीत दिनुभएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

बिग्रिएको टेम्पो हटाउने क्रममा भिरबाट खसेको हो

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल बेइजिङमा – सार्वजनिक सेवा प्रसारण संस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान – सार्वजनिक सेवा प्रसारण संस्था

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना