मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् ।

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ । उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ । निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उहाँले बताउनुभयो ।

धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उहाँले व्यक्त गर्नुभयो ।

विश्व बैंकको ऋण सहयोग चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

बाढीबाट क्षतिग्रस्त नेपाल टेलिकमको फाइबर नेटवर्क पुनः सञ्चालन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमको रु. १० करोड सहयोग

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

ऊर्जामन्त्री श्रेष्ठ र यूएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेट

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने