Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा एक सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज तोलामा १०० रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको थियो । गत मङ्गलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Source link

तपाईंको प्रतिक्रिया