निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

निर्वाचन सुरक्षा अनुगमनमा सशस्त्र प्रहरीका महानिरीक्षक अर्याल गुल्मीमा

गुल्मी –  प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल सहितको उच्चस्तरीय टोलीले गुल्मी जिल्लामा पुगेर सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन तथा आवश्यक समन्वय बैठक सम्पन्न गरेको छ ।

निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ गरिएको उक्त अनुगमनका क्रममा टोलीले जिल्लाको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिँदै आवश्यक निर्देशन दिइएको हो ।

महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल नं. ३७ गुल्म गुल्मीमा आयोजित सुरक्षा समन्वय बैठकमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसँग विस्तृत छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा जिल्लाको भौगोलिक अवस्था, सम्भावित सुरक्षा चुनौती, मतदान केन्द्रहरुको संवेदनशीलता वर्गीकरण, जनशक्ति परिचालन योजना, तथा अन्तर निकाय समन्वयका विषयमा जानकारी आदानप्रदान गरिएको थियो ।

उहाँले निर्वाचन अवधिभर उच्च सतर्कता अपनाउन, सूचना संकलन तथा विश्लेषणलाई प्रभावकारी बनाउन र कुनै पनि अप्रिय घटना हुन नदिन पूर्वतयारी सुदृढ गर्न निर्देशन दिनुभयो ।

महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा संवेदनशील विषय भएकाले जिम्मेवारी निर्वाह गर्दा व्यावसायिकता, अनुशासन र निष्पक्षता कायम राख्न जोड दिनुभयो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

जुम्लामा बाउन्न हेक्टर क्षेत्रफलमा फुजी स्याउको खेती

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोलको यथावत

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

जलवायुमैत्री कृषिमार्फत चुनौतीको सामना गर्दै किसान

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

नेप्से परिसूचक ३३ अङ्कले बढ्यो

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

पार्टीको नक्कली लेटरप्याड बनाएर प्रयोग गरेकोमा नेता खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

मातहतका कर्मचारीका लागि सञ्चार मन्त्रालयले जारी गर्‍यो नौ बुँदे आचारसंहिता

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द