अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीः राष्ट्रपति पौडेल

अख्तियार दुरुपयोग राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौतीः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि नभएर यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती भएको बताउनुभएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्राप्त जिम्मेवारी पूरा गरी सुशासन कायम गर्नेतर्फ आयोगको ध्यान जानुपर्ने बताउनुभयो ।

उहाँले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी राज्यका अधिकार प्राप्त निकायबाट कामकारबाही हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

“अख्तियार दुरुपयोग कुनै सामान्य त्रुटि होइन, यो राज्यको वैधानिकता र सामाजिक न्यायमाथिको गम्भीर चुनौती हो”, उहाँले भन्नुभयो, “तर आज आत्मसन्तुष्ट हुने समय होइन, आयोगले शक्ति र पद हुँदैमा जो कोही कानुनी जवाफदेहिताबाट मुक्त हँुदैन भन्ने विश्वास आम नागरिकमा दिलाउने गरी काम गर्नुपर्ने म अझै खाँचो देखिरहेको छु ।”

राष्ट्रपति पौडेलले अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र नभएर नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि भएको बताउनुभयो । “अख्तियार दुरुपयोग केवल कानुन उल्लङ्घन मात्र होइन, यो नागरिकको आस्था, विश्वास र भविष्यका सपनामाथि गरिने गहिरो आघात पनि हो, यसले आर्थिक क्षति वा नैतिक विचलनभन्दा धेरै पर पुगेर राज्य र नागरिकबीचको भरोसाको सेतुमा चोट पु¥याउँछ”, उहाँले भन्नुभयो, “जब सार्वजनिक शक्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिन्छ, तब राज्यले नागरिकमाथि गरेको विश्वास मात्र होइन, नागरिकले राज्यप्रति राखेको भरोसा पनि कमजोर बन्छ । यसले शासन प्रणालीप्रति निराशा जन्माउँछ, कानुनप्रतिको आस्था कमजोर बनाउँछ र लोकतन्त्रको आधारभूत मूल्यलाई क्षति पु¥याउँछ ।”

सत्ता, शक्ति र धन प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवृत्त गराउँदछ, तर बानी, व्यवहार, आचरण र अभ्यासले म भ्रष्टाचार गर्दिन र हुन पनि दिन्न भन्ने प्रण गर्ने हो भने जे जसरी पनि सत्ता, शक्ति र धन प्राप्तिको मोहलाई नियन्त्रण गर्न सकिन्छ र भ्रष्टाचारलाई जरैदेखि निर्मूल गर्न सकिने आफ्नो विश्वास रहेको उहाँको भनाइ थियो ।

“सदाचार, नैतिकता, निष्पक्षता, पारदर्शीता एवं निर्भीकतालाई जीवन पद्धतिकै रुपमा अगाडि बढाएर काम गर्न सकियो भने भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रण गर्न सम्भव छ, यसका लागि नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास होस् भन्ने मेरो चाहना छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

लोकतन्त्रको सुदृढीकरण, आर्थिक विकास, सुशासन, सामाजिक न्याय र समृद्धि हाम्रो चाहना हो भन्दै उहाँले सुशासन र पारदर्शिताबिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउन सकिदैन भन्नुभयो । “जनताको अपेक्षाअनुसारको विकास र समृद्धि हासिल गर्ने प्रमुख र अनिवार्य शर्त नै अख्तियार दुरुपयोगको अन्त्य र भ्रष्टाचार नियन्त्रण हो, लोकतन्त्रले अपेक्षा गर्ने सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनैपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सहज र सरल तरिकाले जनतामा सेवा प्रवाह तथा सुशासनमार्फत देशको समृद्धि नै संविधान र लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउँदै राष्ट्रपति पौडेलले संविधान र व्यवस्थाले राखेको यही अभिष्टलाई पूरा गर्न सम्पूर्ण ध्यान केन्द्रित होेस् भनेर नै बेलाबेलामा आवाज उठ्ने गरेको र भर्खरै युवा पुस्ताले आन्दोलन गरी त्यही चाहना प्रकट गरेका हुन् भन्ने पनि नबिर्सन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भ्रष्टाचारविरुद्धको लडाइँ कुनै एक संस्थाको मात्र जिम्मेवारी नभएर राज्यका सबै अङ्ग, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजको संयुक्त प्रतिबद्धताबाट मात्र सफल हुने बताउँदै भन्नुभयो, “अख्तियार दुरुपयोगविरुद्धको सङ्घर्ष अन्ततः न्याय, समानता र सुशासनको पक्षमा उभिने सङ्घर्ष हो, यही सङ्घर्षमार्फत मात्र नागरिकको विश्वास पुनःस्थापित गर्न, लोकतन्त्रलाई सुदृढ बनाउन र भावी पुस्तालाई स्वच्छ, सक्षम र भरोसायोग्य राज्य हस्तान्तरण गर्न सक्छौँ भन्ने मेरो विश्वास हो ।”

उहाँले भ्रष्टाचार नियन्त्रणका लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो शर्त भएको स्पष्ट गर्दै राजनीतिक पदाधिकारीहरूको कार्यसंस्कृतिमा हुने सकारात्मक परिवर्तनले प्रशासनिक क्षेत्रलाई पनि मार्गदर्शन हुन्छ भन्ने आफूले ठानेको बताउनुभयो ।
–––

Source link

संबधित खबर

धेरै पढ़िएको

Robert Kelker Kelly Death Reason | Days Of Our Lives, General Hospital Robert Kelker-Kelly Died At 62 | Robert Kelker Kelly Cause Of Death | What Happened To Robert Kelker Kelly | How Did Robert Kelker Kelly Die | Robert Kelker Kelly Daughter | Robert Kelker Kelly Passed Away After Cardiac Arrest

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Sebastian Stan Turned Down Paul Wesley’s Vampire Diaries Role: Reason Why

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Jailer 2 Trailer: Tiger Is Back! Rajinikanth Takes On A Deadlier Enemy In Nelson’s Sequel

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Bakaiti Season 2 EXCLUSIVE! Rajesh Tailang On Bakaiti 2 Twist, Sanjay-Sushma Fight In ZEE5 Web Series

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Varanasi: SS Rajamouli’s son teases ‘crazy action’ in Mahesh Babu film, makers strive for Oscars stunt category

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog

Kylie Jenner Wakes Up Kids Stormi, Aire With Megaphones in Adorable Vlog

Digger Box Office Day 3: Tom Cruise Starrer Off To A Slow Start

Digger Box Office Day 3: Tom Cruise Starrer Off To A Slow Start