खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

खाना पकाउने ग्यासको अभाव देखिएपछि अनुगमन गर्दै विभाग

काठमाडौँ- बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुमगन तथा निरीक्षणलाई तीव्रता दिएको छ ।

विभागले उपभोक्तालाई अतिआवश्यक तथा दैनिक उपभोग्य वस्तुका उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता र सेवाप्रदायक फर्म एवं प्रतिष्ठानमा निरन्तर रुपमा अन्य सक्षम निकायको सहयोग लिइ संयुक्तः बजार अनुमगन अगाडि बढाइएको उल्लेख गरेको छ ।

सहज रूपमा उपभोक्तालाई राहत दिन, उपभोग्य वस्तुको कृत्रिम अभाव गराउनेलाई कारबाहीको दायरामा ल्याउन विभागले प्रभावकारी रुपमा अनुमगन गरिरहेको उल्लेख गरेको छ । पछिल्ला दिनमा विशेष गरी खाना पकाउने ग्यासको अभाव देखाएर उपभोक्तालाई दुःख दिने काम भइरहको छ । कानुनविपरीतका काम गर्नेलाई विभागले कारबाहीको दायरामा ल्याइएको उल्लेख गरेको छ ।

विभागले प्रचलित कानुनविपरीतका कुनै पनि क्रियाकलाप भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही हुने स्मरण गराएको छ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको सहज आपूर्ति भएको दाबी गरिरहेको भए पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको गुनासो गरेका छन् । अत्यधिक गुनासो बढेपछि विभागले आवश्यक सक्रियता देखाएको हो ।

Source link

संबधित खबर

धेरै पढ़िएको

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

स्याङ्जा-२ मा रास्वपाका डुम्रे निर्वाचित

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

काठमाडौँमा प्रदूषण बढ्यो – सार्वजनिक सेवा प्रसारण संस्था

स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

सिराहा–४ बाट रास्वपाका तपेश्वर यादव विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

दोलखाबाट रास्वपाका जगदीश खरेल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

जेनजी आन्दोलनको जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन