कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

कञ्चनपुर-१ मा पुरानालाई नयाँ उम्मेदवारको चुनौती

दोधारा चाँदनी (कञ्चनपुर)- आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी प्रचारप्रसार बढ्दै गएको छ ।

लामो समयदेखि चुनावी मैदानमा देखिँदै आएका पुराना अनुहारलाई यसपटक नयाँ उम्मेदवारले चुनौती दिने भएका छन् । अहिले उम्मेदवारले घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवादमा जोड दिएका छन । पुराना उम्मेदवारले अघिल्लो कार्यकालका उपलब्धिलाई आधार बनाइरहँदा नयाँ उम्मेदवारले परिवर्तन र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन् । यस क्षेत्रमा नेपाली कांग्रेसले विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता गोपीप्रसाद उपाध्यायलाई मैदानमा उतारेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट जनक धामी उम्मेदवार बनेका छन् । उपाध्याय र धामी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यो क्षेत्रमा २०४८ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस, २०५१ मा एमाले, २०५६ को निर्वाचनमा कांग्रेस, २०६४ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी), २०७० मा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । विगतको परिणामलाई हेर्दा २०४८, २०५६ र २०७० गरी तीन पटक नेपाली कांग्रेसले निर्वाचन जितेको छ । विसं २०६४ र २०७४ मा नेकपा माओवादी केन्द्र रतथा २०५१ र २०७९ को निर्वाचनमा एमाले विजयी भएको थियो ।

विकास र सुशासन मुख्य एजेन्डा

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का उम्मेदवारले विकास र सुशासनलाई मुख्य एजेन्डा बनाएका छन् । यस क्षेत्रमा दलहरुलाई पुरानो खास जोगाउनुपर्ने चुनौती छ । यसपटक पुराना अनुहारलाई युवा उम्मेदवारले चुनौती दिने देखिन्छ । यस क्षेत्रको चुनावी इतिहास हेर्दा नेपाली कांग्रेसले तीन पटक, माओवादी केन्द्र र एमालेले दुई÷दुई पटक निर्वाचन जितेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं १ का कार्यवाहक क्षेत्रीय सभापति चेतन राईले पार्टी पुरानो विरासत फर्काउने गरी निर्वाचनमा होमिएको बताउँछन् । “गत भदौमा भएको जेनजी आन्दोलनपछि युवा आउनुपर्छ भन्ने मत बलियो भएकाले पार्टीले पनि यसपटक युवालाई उम्मेदवार बनाएका छौँ”, उहाँले भन्नुभयोे, “हाम्रो उम्मेदवार जनतामाझ लोकप्रिय छन् मतदाताबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”

विसं २०७९ मा यही क्षेत्रबाट निर्वाचित एमालेकी तामाङले निर्वाचनमा सफलता प्राप्त गर्नेगरी रणनीतिका साथ मैदानमा उत्रिएको बताउनुभयो । उहाँले आफू प्रदेश सरकारमा मन्त्री हुँदा र प्रतिनिधिसभा सदस्य निर्वाचित हँुदा गरेका वकासका कामका कारण पनि यसपटक जित्ने दाबी गर्नुभयो ।

नेकपाबाट उम्मेदवार बन्नुभएकी पूर्वमन्त्री मगर पनि विजयी हुने रणनीतिमा हुनुशुन्छ । उहाँले यस क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको बताउँदै यसपटक पनि आफू निर्वाचित भए विगतका अधुरा काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो ।

रास्वपाका उम्मेदवार धामी पनि जनतामाझ लोकप्रिय छवि बनाएका व्यक्ति हुन् । उहाँले आफू जनताको सेवक भएर काम गर्ने बताउँदै यसपटक मत परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, बेलाडाँडी र लालझाडी गाउँपालिका पर्छन् । यस क्षेत्रमा एक लाख एक हजार ७२४ मतदाता छन् ।

Source link

संबधित खबर

धेरै पढ़िएको

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

समानुपातिकतर्फ ५१ दलले कटाएनन् ‘थ्रेस होल्ड’

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

नेप्से परिसूचक एक दशमलव ६४ प्रतिशतले घट्यो, कारोवार रकममा समेत गिरावट

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने

रास्वपा सभापति लामिछानेविरुद्धको मुद्दामा पूर्ण सुनुवाइ हुने