Notice: Function Elementor\Core\Experiments\Manager::warn_removed_or_hidden_dependency was called incorrectly. Feature mega-menu depends on hidden experiment nested-elements. Please see Debugging in WordPress for more information. (This message was added in version 4.3.4.) in /home/khabarofnepal/public_html/wp-includes/functions.php on line 6260

Warning: Cannot modify header information - headers already sent by (output started at /home/khabarofnepal/public_html/wp-includes/functions.php:6260) in /home/khabarofnepal/public_html/wp-content/plugins/post-views-counter/includes/class-counter.php on line 1053
इटालीलाई ७३ रनले हराउँदै स्कटल्यान्ड विजयी – Khabarofnepal

इटालीलाई ७३ रनले हराउँदै स्कटल्यान्ड विजयी

इटालीलाई ७३ रनले हराउँदै स्कटल्यान्ड विजयी

काठमाडौँ- आइसिसी पुरुष विश्वकप क्रिकेट प्रतियोगितामा स्कटल्यान्डले इटालीलाई ७३ रनले पराजित गरेको छ ।

भारतको कोलकतास्थित इडेन गार्डेनमा आज भएको खेलमा जितका लागि २०८ रनको लक्ष्य पछ्याएको इटाली १६ दशमलव ४ ओभरमा १३४ रन बनाउँदै अलआउट भयो । उसका लागि बेन मनान्तीले अर्धशतकीय पारी खेले । उनले ३१ बल खेल्ने क्रममा एक छक्का र पाँच चौकासहित ५२ रन बनाए । साथै ह्यारी मनान्तीले ३७, जेजे स्मुल्सले २२ र एन्थोनी मोस्काले १३ रन बनाए ।

स्कटल्याण्डको जितमा मिचल लिस्कले चार विकेट लिए भने मार्क वाटले दुई विकेट लिए । साथै ब्राड कुरी, ब्राड ह्वील र ओलिभर डेभिडसनले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा चार विकेट गुमाउँदै २०७ रन बनाएको थियो । उसका लागि जर्ज मुल्सेले सर्वाधिक ८४ रनको योगदान दिए । त्यसैगरी ब्रेन्डन म्याकमुलेनले अविजित ४१ रन जोडे भने माइकल जोन्सले ३७ रन बनाए । त्यस्तै माइकल लिस्कले २२ रन जोड्दा रिची बेरिङ्टनले १५ रन बनाए ।

स्कटल्यान्ड र इटाली नेपालसहित समूह ‘सी’मा रहेका छन् । नेपालको समूहमा यी टोलीसँगै वेस्टइन्डिज र इङ्ल्यान्ड पनि समावेश छन् ।

विश्कपमा स्कटल्यान्डको यो दोस्रो खेल हो ।

यसअघि स्कटल्यान्ड वेस्ट इन्डिजसँग पराजित भएको थियो । त्यस्तै इटालीको भने यो पहिलो खेल हो । समूह ‘सी’अन्तर्गत हिजो भएको खेलमा नेपाल इङ्ल्यान्डसँग चार रनले पराजित भएको थियो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

Clayface Ending Explained: What Happens To Tom Rhys Harries’ Matt Hagen and Does He Reconcile With Caitlyn? Find Out

WWE Alum Ric Flair Hospitalized for Fall After Sharing Blood Clot Diagnosis

Fahadh Faasil’s Karate Chandran Begins Filming In Kottayam

The Great Indian Kapil Show 5 Jasmine Sandlas Satinder Sartaaj Episode Download Netflix: How To Download Episode 5 On Netflix In FULL HD For Offline Viewing | Is The Great Indian Kapil Show Season 5 Available For Free Download On Netflix | The Great Indian Kapil Show New Season Netflix Download Steps

Varanasi: SS Rajamouli confirms Mahesh Babu starrer to be 5 times bigger than RRR; Says wrapped up shoot in 275 days

The Challenge’s Cory Wharton Regrets Behavior Before Taylor Selfridge Split

Clayface Review: DC’s Most Disturbed Villain Melts Into Body Horror