३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मत छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आजसम्म एक करोड नौ लाख ६३ हजार मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले  जानकारी दिनुभयो ।

हालसम्म डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी गरी ३७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको हो । यी जिल्लाको मतपत्र प्याकिङ पनि भइसकेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक निर्वाचन प्रणाली तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनका लागि गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु भएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न गरी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गते दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरी प्याकिङ्ग तथा रुजुसमेत गरी ढुवानीको लागि तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र मुख्यमन्त्रीहरुबीच छलफल

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कृषि क्षेत्रमा लगानी विस्तारमा एडीबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

कालीगण्डकी नदीमा बेपत्ता दुई युवक मृत फेला

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

रसुवामा वैशाख १३, १४ र १५ गते चौँरी महोत्सव

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था

स्याउका बोट सेताम्मे – सार्वजनिक सेवा प्रसारण संस्था