Thursday, 29 October 2026
ब्रेकिङ
समाचार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल

काठमाडौँ–  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार आफ्नो पार्टी क्रियाशील रहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस तथा नेविसङ्घ लमजुङ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘उम्मेदवार परिचयात्मक तथा निर्वाचन परिचालन समिति घोषणा सभा’मा उहाँले जेनजीका भावना सम्बोधन हुनुपर्छ भन्ने कांग्रेसमा कुनै द्विविधा नभएको बताउनुभयो ।

महामन्त्री पौडेलले पार्टीको हालै सम्पन्न दोस्रो विशेष महाधिवेशनले कांग्रेसलाई सुदृढ बनाउनका साथै निर्वाचनमा होमिन सहज भएको बताउनुभयो ।

उहाँले कांग्रेसको नेतृत्वमा देशमा विकास–निर्माणका गतिविधि बढाउनुपर्छ भन्नुभयो । त्यस अवसरमा कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दिलबहादुर घर्ती र पूर्वसहायकमन्त्री रामचन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

Source link

तपाईंको प्रतिक्रिया