सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने भएको छ ।

गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।

राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो ।

बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

सञ्चारमन्त्री तिमिल्सिनासँग एडिबी नेपालका निर्देशक कोस्वाको शिष्टाचार भेटवार्ता 

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

प्रतिनिधिसभाअन्तर्गत समितिका सदस्य हेरफेर – सार्वजनिक सेवा प्रसारण संस्था

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान अदालतको अनुमति लिनुपर्ने

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

भारत सरकारको सहयोगमा बागलुङमा स्वास्थ्य चौकी बन्दै

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धि मुद्दा हेर्दा हेर्दैमा

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार

यी हुन रास्वपाका संसदीय पदाधिकारी र समितिको नेतृत्वका उम्मेदवार