दायाँ इञ्जिनमा आगलागीको सङ्केत देखिएको जहाज सुरक्षित अवतरण

दायाँ इञ्जिनमा आगलागीको सङ्केत देखिएको जहाज सुरक्षित अवतरण

काठमाडौँ- दायाँ इञ्जिनमा आगलागीको सङ्केत देखिएको टर्कीस एयरलाइन्सको जहाज भारतको कोलकातामा सुरक्षित अवतरण भएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुलका लागि उडेको उडान नम्बर ‘टीएचवाई ७२७’ जहाज आज दिउँसो १ः२९ बजे उडे लगत्तै ४ मिनेटमा दायाँ इञ्जिनमा आगलागीको सङ्केत दिएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्ति अनुसार जहाजले काठमाडौँ विमानस्थलबाट उडान भरी उचाइ लिने क्रममा ‘फोर डिएमइ वेस्टमा राइट इञ्जिन अन फायर’ भनी काठमाडौँ ‘एप्रोच कन्ट्रोल’मा रिपोर्ट गरेको थियो । तत्पश्चात केही समय डार्कमा होल्ड गरी कोलकाता डाइभर्ट गरिएको थियो । सो जहाजको कोलकाता पुग्ने अनुमति समय नेपाली समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा सुरक्षित अवतरण गरेको केन्द्रले जनाएको छ ।

उक्त जहाजमा जम्मा यात्रु २२५ र चालक दलका ११ सदस्य गरी जम्मा २३६ सवार थिए । सबै यात्रु तथा चालकदल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

समस्याग्रस्त सहकारी गाभ्नका लागि कामपाको सर्त

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

खडेरीका कारण सुक्न थाल्यो मकैबाली

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा