म्याग्दी सदरमुकाम बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा सञ्चालन

म्याग्दी सदरमुकाम बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा सञ्चालन

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनीदेखि भारतको दिल्ली बस सेवा सुरुआत भएको छ । मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले आजदेखि बेनी कालिपुल बासपार्कबाट स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुँदै नयाँ दिल्लीसम्मको यात्रा गर्न सकिने बस सेवा सञ्चालनमा ल्याएको हो ।

बस सेवाको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शुभारम्भ गर्नुभयो । म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न त्यहाँका पर्यटकलाई समेत भित्र्याउन सेवाले महत्वपूर्ण भूमिका खेल्ने मोडर्न इरा टुर्स एन्ड ट्राभल्सका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारीदिनुभयो ।

“बेनीदेखि दिल्लीसम्म २७ घण्टामा यात्रा गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “बेनीदेखि हरेक दिन बिहान ६ः४५ बजे र दिल्लीको सरोजनी नगरबाट साँझ ४ः०० बजे बस छुट्नेछ ।” बेनीबाट नयाँ दिल्लीसम्मको प्रतियात्रु शुल्क ५४ सय रुपैयाँ र नयाँ दिल्लीबाट ३२ सय सय भारु भाडादर कायम भएको छ ।

बसको क्षमता ४५ जनाको रहेको छ । बेनीदिल्लीको दूरी १४ सय किलोमिटर छ । यस सेवाबाट म्याग्दी, बागलुङ, पर्वत र मुस्ताङका सर्वसाधारण लाभान्वित हुनेछन् । यसअघि म्याग्दीबाट भारत जान पोखरा पुगेर गाडी चढ्नुपर्ने समस्या थियो । एक दिनअघिनै पोखरा पुगेर बास बसी भोलिपल्ट बस चढेर दिल्ली जानुपर्ने समस्या हटेको मङ्गला गाउँपालिका१ भरजुलाका सुसन किसानले बताउनुभयो ।

बेनी नगरपालिकाका प्रमुख केसीले दिल्लीसँग म्याग्दीको यातायात सम्पर्क स्थापना भएपछि पर्यटक विकासमा पनि सहयोग पुग्ने बताउनुभयो । म्याग्दीको गलेश्वरधाम, पुलहआश्रमका साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई बस सेवाबाट सहज हुने नगर प्रमुख केसीले बताउनुभयो ।

सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले नेपालभारतमैत्री बस सेवा कार्यक्रमअन्तर्गत दिल्लीदेखि कालीगण्डकी कोरिडोरको सडक भएर म्याग्दी हुँदै चीनको सिमानामा रहेको कोरला नाकासम्म यातायात सञ्चालनका लागि पहल गरिएको बताउनुभयो ।

मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक एक लाख जनाभन्दा बढी भारतीय दर्शनका लागि आउने गरेका छन् । म्याग्दीबाट रोजगार, शिक्षा, उपचारसहित अन्य विभिन्न कामले भारत जाने यात्रुलाई भारतीय क्षेत्रमा रेलमा लाग्नेभन्दा निकै सस्तो भाडा, लुटिने जोखिमसमेत कम हुने यातायात व्यवसायी ऐनबहादुर शाहीले बताउनुभयो ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला