सामाजिक सञ्जालमा भाइरल बनेको नयाँ पर्यटकीय गन्तव्य ‘बुढीखोला झरना’

सामाजिक सञ्जालमा भाइरल बनेको नयाँ पर्यटकीय गन्तव्य ‘बुढीखोला झरना’

सुनसरी- इटहरी उपमहानगरपालिका-१२ खनारस्थित बुढीखोला झरनाले पछिल्लो समय सामाजिक सञ्जालमार्फत एकाएक चर्चा बटुलेको छ।

सामाजिक सञ्जालले कुनै ओझेलमा परेको स्थानलाई कसरी छोटो समयमै जनमानसको नजरमा ल्याउन सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ यतिखेर-बुढीखोला झरना ।

कोशी राजमार्गको खनार खण्डबाट करिब दुई किलोमिटर पूर्वतर्फ, सुनसरी-मोरङ सिँचाइ आयोजनाअन्तर्गत निर्माण गरिएको प्रोटेक्सन फ्लोरबाट बग्ने पानी तल झरेर बनेको मनमोहक दृश्य नै आज “बुढीखोला झरना”का रूपमा परिचित भएको छ।

इन्जिनियरिङ संरचना र प्राकृतिक प्रवाहको संयोजनले सिर्जिएको यो दृश्य अहिले आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

इन्जिनियरिङ संरचनाबाट बनेको प्राकृतिक आकर्षण

सिँचाइ प्रयोजनका लागि बनाइएको एक्वाडक्ट संरचना मूलतः बुढीखोलामाथिबाट नहर पार गराउन निर्माण गरिएको थियो। तर, यही संरचनाबाट बग्ने पानीले तल झरेर झरनाजस्तै दृश्य बनायो, जसले स्थानलाई प्राकृतिक झरनाको अनुभूति दिलाएको छ। इन्जिनियरिङ चमत्कार र प्रकृतिको सहकार्यले बनेको यो दृश्य हेर्न लायक बनेको छ।

दैनिक हजारौँ पर्यटकको भीड

हाल यहाँ दैनिक हजारौँको संख्यामा आन्तरिक पर्यटक पुग्ने गरेका छन्। विशेषगरी, युवायुवती पानीमा रमाउने, चिप्लेटी खेल्ने र भिडियो र फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने क्रम बढेसँगै यसको लोकप्रियता झनै चुलिएको हो। गर्मी याम सुरु भएसँगै यहाँको आकर्षण अझ बढ्ने देखिएको छ।

आकर्षणसँगै चुनौती पनि

बढ्दो भीडसँगै केही गम्भीर पक्षमा ध्यान दिन आवश्यक देखिएको छ । झरनामा बग्ने पानी पूर्ण रूपमा शुद्ध नभएकाले स्वास्थ्य जोखिम हुन सक्ने सम्भावना छ भने चिप्लो सतहका कारण लडेर घाइते हुने जोखिम पनि उत्तिकै छ ।

 फोहोर व्यवस्थापन र अनियन्त्रित भीडका कारण वातावरणीय असर पर्न सक्ने भन्दै स्थानीय चिन्तित छन । त्यसैले व्यवस्थित विकासतर्फ पहल आवश्यक भएको उनीहरुको भनाइ छ।

यदि समयमै स्थानीय तह, सिँचाइ आयोजना, सरोकारवाला निकाय र समुदायबीच सहकार्य हुन सकेमा यो स्थान इटहरीकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने देखिन्छ। त्यसका लागि पानीको गुणस्तर परीक्षण र शुद्धीकरणका उपाय सुरक्षात्मक रेलिङ, सूचना बोर्ड, लाइफगार्ड र निगरानी तथा फोहोर व्यवस्थापन, प्रवेश मार्ग र पार्किङ व्यवस्थापन पर्यटकीय आचारसंहिता र सचेतनामूलक सूचना जस्ता पूर्वाधार अत्यावश्यक देखिएका छन्।

बुढी झरना व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र चौधरी यस क्षेत्रलाई व्यवस्थित, सुरक्षित र स्वच्छ बनाउँदै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न समिति सक्रिय रूपमा लागिरहेको बताउँछन।

सामाजिक सञ्जालले चिनाएको सम्भावना

पहिले स्थानीयबाहेक कमैलाई जानकारी रहेको यो स्थान अहिले सामाजिक सञ्जालकै कारण देशभर परिचित बन्दै गएको छ। सही योजना, व्यवस्थापन र संरक्षणका पहल गरिएमा बुढीखोला झरना इटहरीको पहिचानसँगै पूर्वाञ्चलको नयाँ आकर्षक गन्तव्य बन्न सक्ने प्रबल सम्भावना देखिएको छ।।

Source link

संबधित खबर

धेरै पढ़िएको

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

सुकुमवासी समस्याको दीर्घकालीन समाधानका लागि सरकार गम्भीर छः गृहमन्त्री

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

मनसुनजन्य रोगको रोकथामका लागि ‘प्रतिकार्य अभियान’

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

अर्घाखाँचीमा मुहान संरक्षण गर्न १५ वटा रिचार्ज पोखरी निर्माण

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पशु हाटबजार परिसरको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

सरकार–काठमाडौं महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन

पर्यटन मन्त्री पौडेलद्वारा मुक्तिनाथ मन्दिर क्षेत्रको अनुगमन, धार्मिक पर्यटन विकासका सम्भावनाबारे अध्ययन