तीन फर्मलाई ३० हजार जरिवाना

तीन फर्मलाई ३० हजार जरिवाना

काठमाडौँ- नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ ।

अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल ट्रेडर्सलाई १५ हजार, सुलभ किराना एण्ड खाद्य सप्लायर्सलाई १० हजार र शितल खाद्यान्न स्टोर ललितपुरलाई पाँच हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को ‘फा’ १५ बमोजिम कार्य नगरेकाले ती फर्मलाई कारवाही स्वरुप जरिवाना गराइएको विभागले जनाएको छ ।

त्यसैगरी चिया कटेरो प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । विभागले अन्य १० वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मीसमेतको उपस्थितिमा विभागले बजारलाई व्यवस्थित बनाउन र कानुन कार्यान्वयन गराउन नियमित बजार अनुमगन गर्दै आएको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

 लाल बकैया खोलामा नुहाउने क्रममा २ बालिका र १ बालक बेपत्ता

 लाल बकैया खोलामा नुहाउने क्रममा २ बालिका र १ बालक बेपत्ता