पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ।

मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा जारी छ । डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, सल्यान, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ । त्यसैगरी, दैलेख निर्वाचन क्षेत्र नं १ र २, सुर्खेतको १ र २, रुकुमपश्चिम, बाजुरा र अछामको क्षेत्र नं १ र २, कैलाली क्षेत्र नं १, झापा क्षेत्र नं ५ र सुनसरीको क्षेत्र नं १ को प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सम्पन्न भएको छ ।

नमूना मतपत्रतर्फ १० लाख ९८ हजार २०० छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको आयोगले जनाएको छ । समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइ सम्पन्न भइसकेको छ ।

Source link

संबधित खबर

धेरै पढ़िएको

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

विविध कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

म्याग्दीमा पाँच प्रतिशतले आलु उत्पादन घट्यो

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

समझदारीपत्रमा हस्ताक्षर – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

कालीगण्डकीको कटानले जोखिममा पुल – सार्वजनिक सेवा प्रसारण संस्था

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

देवानगञ्ज घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला

सिरियाका पूर्वराष्ट्रपति बसर अल-असदलाई मृत्युदण्डको फैसला